सांग्रिला डेभलपमेन्ट बैंकको ११ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी साढे २ अर्ब नाघ्ने

  २०७५ असार १७ गते १७:५२     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ११.८ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको १३औँ वार्षिक साधारणसभाले कम्पनीको २.५० प्रतिशत बोनस र ९.३० प्रतिशत नगद गरी सो लाभांश पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम बैंकले सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको बोनस वितरण गर्ने छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । २.५० बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।

यस विकास बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा करिब १४ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन, १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले करिब २५ करोड ०६ लाख रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.