बिग्रेकाे छाेरा र नेपाल बैंक उस्तै; पुराना लगानीकर्ताले २ दशक बाेनस पाएनन्, एफपीअाे भर्नेकाे हालत के हाेला ?

  २०७५ असार १७ गते १२:१८     विकासन्युज टिप्पणी

काठमाडौं । यतिबेला पुँजी बजारमा बासीकेक बनेको छ एफपीओ । बुटवल पावरको एफपीओ देखि लगानीकर्ताले गुमाएको विश्वास झन् गिर्दो छ । एनएमबी बैंकको एफपीओ बिक्री भईरहेको छैन । यहि समयमा बजारमा आएको छ नेपाल बैंकको एफपीओ ।

शुक्रबारदेखि खुलेको एफपीओका लागि पहिलो दिन १ लाख कित्ता माग आवेदन परेको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमल्सिनाले बताए । पहिलो दिनेको आवेदनले नै संकेत गरेको छ कि नेपाल बैंकको एफपीओले लगानीकर्तालाई आकर्षित गरेन ।

बैंकले प्रतिकित्ता २८० रुपैयाँमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको छ । सबै सेयर बिक्री हुन ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ आवदेन पर्नुपर्छ ।

कुनै पनि कम्पनीको सेयरमा लगानी गर्नुपूर्व लगानीकर्ताले इतिहास, वर्तमान र भविष्यबारे हेर्छन् । कम्पनीको प्रवद्र्धकलाई नियाल्छन् । कम्पनीको उच्च व्यवस्थापक, यूनियन, कम्पनीको ग्राहक, गुडविल सबै हेर्ने अभ्यास छ ।

नेपाल बैंकको यूनियनहरु कति शक्तिशाली छन् भने सञ्चालक समितिलाई १० घण्टासम्म एउटा कोठामा थुनेर आफ्ना माग पुरा गर्न गराउने वाध्य पार्छन । वारेन वफेटले भनेका छन्–जुन कम्पनीका कर्मचारी युनियन बलियो छ, त्यो कम्पनीले कहिल्यै सेयरधनीलाई राम्रो बोनस खुवाउन सक्दैन ।

नेपाल बैंक नेपालको सबैभन्दा पुरानो हो । इतिहास लेख्न यो धेरै महत्वपूर्ण बुँदा हो । तर लगानीकर्ताको दृष्टिले यो बैंक आकर्षिक छैन । विगत दुई दशकदेखि यस बैंकका लगानीकर्ताले नाफा लिन सकेका छैनन् । एक दशकसम्म त सेयर कारोबार समेत बन्द भयो । सेयर बेच्छु भन्दा पनि लगानीकर्ताले सेयर बेच्न पाएनन् ।

निजी क्षेत्रको बैंक हो भने टाट उल्टने गरी वित्तीय अवस्था खराव भएको थियो दुई दशकअघि । सरकारी बैंक भएकोले सरकारले विदेशबाट ऋण लिएर, विदेशीलाई व्यवस्थापन करारमा दिएर उद्दार गरिएको हो ।

लगानीकर्ता माथि धोका

नेपाल बैंकका सर्वसाधारण लगानीकर्ता माथि यस बैंकले पटक पटक धोका दिएको छ । आजको मितिमा ६२ प्रतिशत सेयरधारण गरेको सरकारलाई नाफाको कुनै मतलव छैन । सरकारको तर्फबाट बैंकमा सञ्चालक बन्नेहरुलाई बैंकले यति लामो समय लाभांश दिन नसकेको जानकारी पनि नहोला, चिन्ता हुने कुरै भएन ।

बैंकमा सरकार हावी हुनु, राजनीतिकरण हुनु, प्रोफेशनल सञ्चालक नभई मन्त्रालयका कर्मचारीहरु सञ्चालक बनेर आउनु, निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु अल्पमतमा पर्नु, उनीहरुले फरक मत समेत राख्न नसक्ने वातावरण सञ्चालक समितिमा हुनु यस बैंकका लगानीकर्ताको सबैभन्दा ठूलो टाउको दुखाईको विषय हो ।

जुनदिनसम्म यस बैंकमा सरकारको वहुमत सेयर हुन्छ, त्यो दिनसम्म बैंकले राम्रो गर्ने विश्वासिलो आधार हुने छैन । यस बैंक सुधारको लागि विश्व बैंकले दिएको सुझाव पनि सरकारको सेयर घटाउँदै जानुपर्छ र निजीकरण गर्नुपर्छ ।

तर बैंक लागत बाटोमा गयो । विश्व बैंकले ऋण तथा अनुदान दिएर वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू गर्दा नेपाल बैंकमा सरकारको सेयर लगानी ४२ प्रतिशतभन्दा कम थियो । सुधार गर्न नसकेर विदेशी व्यवस्थापन भागेपछि यस बैंकमा सरकारले थप सेयर पुँजी लगानी गरेर ६२ प्रतिशत सेयर धारण गर्यो ।

वाणिज्य बैंकहरुको पुँजी २ अर्बबाट ८ अर्ब हुँदा अरु बैंकका लगानीकर्ताले बोनस सेयर पाए, हकप्रद सेयर पाए । १०० कित्ता सेयर हुनेको आज ४०० कित्ता भयो । तर नेपाल बैंकका लगानीकर्ताले न बोनस सेयर पाए, न उचित हकप्रद सेयरमा लगानी गर्ने मौका पाए । सरकारले धोको दियो ।

सरकारले नेपाल बैंकमा रहेको ४२ प्रतिशत सेयरलाई चोरबाटो प्रयोग गरेर ६२ प्रतिशत बनायो । कुनै पनि कम्पनीमा सबै सेयरधनीले लगानीको आधारमा समान अवसर पाउनुपर्ने सर्बमान्य सिद्धान्त विपरित कामहरु भए । ५८ प्रतिशतबाट ३८ प्रतिशतमा खुम्चिएको निजी क्षेत्रका लगानीकर्ताको प्रतिनिधित्व गर्नेहरु तै चुप मै चुप बसे । सर्वसाधारण लगानीकर्ताको अधिकार खोसियो, उनीहरुको आवाज दविए ।

अनुत्तरित प्रश्न

अहिले एफपीओमार्फत सरकारी सेयर ६२ प्रतिशतबाट ५१ प्रतिशत झार्ने भनिएको छ । हिजो सरकारी सेयर किन ४२ बाट ६२ प्रतिशत बनाइयो ? अहिले किन ५१ प्रतिशतमा झारिदैछ ? बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताव शाह यस विषयमा अनविज्ञता प्रकट गरे ।

त्यतिमात्र होइन, अहिले एफपीओ किन आवश्यक थियो ? तर्किक जवाफ बैंकसँग छैन । एफपीओबाट उठ्ने ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ ८५ प्रतिशत कर्जा तथा सापटीमा दिने, १० प्रतिशत लगानी, ३ प्रतिशत शाखा विस्तारमा खर्च गर्ने र ९ करोड ९० लाख अन्य शिर्षकमा खर्च गर्ने बैंकले जनाएको छ ।

सामान्यतय बैंकले विजनेश गर्ने निक्षेप रकमबाट हो, सेयरपुँजीबाट होइन । नियामकीय दृष्टिले क्यापिटल एडेक्वसी १० प्रतिशतभन्दा तल आउनु हुँदैन । बैंकको अहिले १८ प्रतिशत छ । न्यूनतम पुँजी ८ अर्ब भनिएकोमा बैंकसँग ८ अर्ब ५ करोड रुपैयाँ छ । यस अवस्थामा बैंकलाई थप पुँजी आवश्यक छैन ।

नयाँ लगानीकर्तासँग प्रिमियम रकम उठाएर नाफा पुराना लगानीकर्तालाई २० औं वर्षपछि लाभांश दिने विधि मात्र हो । यस बैंकको संस्थागत हितको लागि अहिलेको एफपीओ आवश्यक छँदैछैन । बैंकलाई व्यवसाय विस्तार गर्न पुँजीको आवश्यकता थियो भने नाफाबाट बोनस सेयर दिने बाटो थियो । त्यो बाटो अपनाईएन ।

नेपाल बैंकको भविष्य

नेपाल बैंकको वित्तीय अवस्था सुस्त गतिमा सुधार भईरहेको छ । जग्गा बेचेर, राम्रा कम्पनीमा भएको पुरानो सेयर बेचेर, पुराना केही खराव कर्जा असुली गरेर पछिल्लो वित्तीय अवस्था सन्तोषजनक बनेको छ ।

तर अवस्था सुखद अवस्थामा छैन । बैंकको पुँजी भन्दा धेरै बढी खराव कर्जा राईटअफ गरिएका छन् । फूलवारी रिसोर्ट लगायत धेरै क्षेत्रमा गरिएका कर्जा असुलीमा बैंक असफल भएको छ ।

८० वर्षअघि खुलेको नेपाल बैंक भन्दा १० वर्षअघि खुलेको निजी क्षेत्रको बैंकको शाखा बढी छ । निक्षेप, कर्जा, लगानी, नाफा सबै बढी छ । जमानामा सित्तैमा पाएको जग्गा र केही पुराना भवन नेपाल बैंकको अहिलेको सबैभन्दा ठूलो स्ट्रेन्थ हो । तर त्यो सम्पत्ति कति छ ? भन्ने हिसाव समेत नेपाल बैंकले उचित ढंगले राख्न सकेको छैन ।

बिग्रेकाे छाेराले अाफ्नै  मिहेनतबाट कमार्इ गर्न र नयाँ सम्पत्ति जाेड्न पनि सक्दैन । बाबु बाजेले जाेडेकाे सम्पत्ति सुरक्षित गर्न पनि सक्दैन । यस्तै हालतमा छ हालको नेपाल बैंक ।

विजनेशमा यो बैंक निकै कमजोर छ । एनआईसी एशिया बैंकले निक्षेप १४० अर्ब बनाउँदा नेपाल बैंक हाल करिब ९० अर्ब रुपैयाँ छ । तीन वर्षपछि १ खर्ब १६ अर्ब २१ करोड पुर्याउने लक्ष्य लिएको छ । एनआईसी एशियाले तीन वर्षपछि २५० अर्ब निक्षेप बनाउँदैछ । नेपाल बैंकको सेवा निजी क्षेत्रका बैंकहरुको सेवास्तर भन्दा ढिला र सुस्त छ । नयाँ पुस्तामा नेपाल बैंकप्रति अकार्षण छैन ।

बैंक तथा वित्तीय संस्थाको संख्या बढी भएको र ठूलो मर्जको आवश्यकता रहेको विज्ञहरुले औल्याएदै आएका छन् । यहि बेला नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक मर्जको कुरा उठेको छ । यी तिन बैंक मर्ज भएभने नेपाल बैंकमा एफपीओ किन्न प्रिमियम मूल्य तिर्नेको हालत के हुन्छ ? अनुमान गर्न कठिन छ ।

कमजोर नेतृत्व

फेरि पनि नेपाल बैंकमा ५१ प्रतिशत सेयर सरकारी स्वामित्वमा हुनेछ । सञ्चालक समितिमा ४ जना सरकारका मान्छे हुनेछन् । निजी क्षेत्रबाट २ जना र विज्ञ सञ्चालक गरि ७ जना हुनेछन् । विज्ञ भनेको सरकारी मान्छे नै हुने हो ।

अर्थमन्त्रालयमा जति कर्मचारी सरुवा हुन्छन्, नेपाल बैंकका सञ्चालक पनि त्यति नै सरुवा हुन्छन् । प्रमुख कार्यकारी अधिकृत उत्कृष्टतको आधारमा नभई सत्तारुढ दललाई रिजाउने व्यक्ति नियुक्त हुने हुन् । देवेन्द्रप्रताव शाह नै पछिल्लो उदाहरण हुन् ।

यस बैंकको बल्डमा क्यान्सर छ । अर्थात दलपिच्छै यूनियन छन् । नेपाल बैंकको यूनियनहरु कति शक्तिशाली छन् भने सञ्चालक समितिलाई १० घण्टासम्म एउटा कोठामा थुनेर आफ्ना माग पुरा गर्न गराउने वाध्य पार्छन । वारेन वफेटले भनेका छन्–जुन कम्पनीका कर्मचारी युनियन बलियो छ, त्यो कम्पनीले कहिल्यै सेयरधनीलाई राम्रो बोनस खुवाउन सक्दैन ।

नेपाल बैंकले आउँदो ३ वर्षमा नाफा १४ प्रतिशत मात्र बढाउने लक्ष्य लिएको छ । बैंकले थप निष्कासन ल्याउनका लागि सार्वजनिक गरेको आव्हानपत्रमा घोषित रुपमा नै नाफा वृद्धि न्युन हुने लेखिएको छ ।

गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ११ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकका अनुसार चालु आर्थिक वर्षमा नाफा ३ अर्ब १७ करोड र आगामी वर्ष ३ अर्ब ४७ करोड रुपैयाँ पुग्ने अनुमान छ । यस्तै बैंकको सेयर पुँजी बढेर ९ अर्ब ८१ करोड रुपैयाँ पुग्ने छ । जगेडा कोषको आकार पनि बढेर १६ अर्ब ७८ करोड रुपैयाँ पुग्ने बैंकको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.