कामना सेवा विकास बैंककाे वार्षिक साधारणसभा असार ३२ गते, बुक क्लोज कहिले ?

  २०७५ असार ११ गते १२:५१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड आगामी असार ३२ गते ११औँ वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि आगामी असार १८ देखि ३२ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ ।

बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले साधारणसभा र बुक क्लोजको मिति तय गरेको हो ।

त्यस्तै, असार १७ गतेसम्म नेप्सेमा कारोबार भई असार२४ गतेभित्र बैंकको सेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा सेयरधनी दर्ता कितावमा दाखिल खारेज नामसारी भएका सेयरधनीहरुले मात्र कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुन पाउने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.