कुमारी बैंकद्धारा गैर-सरकारी संस्थालाई एक लाखको सहयोग

  २०७५ असार १० गते १६:११     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले “साथ” नामक सामाजिक कल्याण-उन्मुख गैर-सरकारी संस्थालाई नगद एक लाख रुपैयाँको सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त संस्थालाई सो मात्राको सहयोग गरेको हो ।

साथले “हकुना मटाटा” परियोजना अन्तर्गत विगत ६ वर्षदेखि एचआइभी संक्रमित परिवारका बालबालिकाको आधारभूत शिक्षा र हेरचाहमा सहयोग पुर्याईरहेको छ । साथै, बहिस्कृत वर्गका महिलालाई जीविकोपार्जनका निमित्त सिपमुलक तालिम दिँदै आईरहेको छ ।

बैंकले उक्त संस्थाका प्रशंसनीय कार्यहरुलाई प्रोत्साहन दिएर, समाजलाई समावेशी विकासतर्फ धकेल्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरिले साथका संस्थापकहरुलाई चेक हस्तान्तरण गरेका हुन् ।

साथै, बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.