१०९ ठेकदारलाई पक्राउ गर्न सीडीओको पत्र, के हुन्छ कारवाही ?

  २०७५ जेठ २० गते १९:३०     विकासन्युज

काठमाडौं । समयमै काम नसक्ने १०९ ठेकेदारलाई पक्राउ गर्न प्रशासनले प्रहरीलाई पत्र काटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले १०९ ठेकेदारको विवरण सहित महानगरीय प्रहरी परिसरलाई पत्र काटेको हो ।

कार्यालयले काठमाडौंमा काम नसक्ने ५०१ जना ठेकेदार कम्पनीहरुको सूचि बनाई गृहमन्त्रालयमा पेश गरेको थियो । त्यसमध्ये काम नसक्ने ३४२ जना ठेकेदारहरुले समयमै काम नसकेको पाइएको थियो । (ठेकेदारको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।)

३४२ जनाबाट १०९ वटा कम्पनीलाई कारबाही गर्न आदेश आएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी बासु धिमिरेले बताए । ८५ लाख रुपैयाँ भन्दामाथिको आयोजनाको जिम्मा लिएर काम नगर्ने ठेकेदारको सूचि प्रहरीलाई बुझाएका छौं, घिमिरेले विकासन्युजसँग भने ।

ठेकेदारमाथी सार्वजनिक खरिद ऐन बमोजिम कारबाही हुनेछ । उपत्यकाभित्र सडक, पुल, भवन, नहर लगायत पुर्वाधारको काम जिम्मा लिई समयमै काम नसक्ने १०३ वटा कम्पनीका मालिकलाई अब प्रहरीले प्रक्रन सक्नेछ ।

काम सक्ने मिती सक्किसकेका ठेकदारहरुलाई कारबाही प्रक्रिया अघि बढाउन यसअघि गृहबाट सीडीओ कार्यलयलाई निर्देशन आएको थियो ।

काम नसक्ने ठेकेदारहरुसँ सम्झौता रद्ध, बैंक खाता बन्द, अन्य क्षेत्रको ठेक्कामा प्रतिबन्ध र पक्राउ गरी जेल हाल्नेसम्मको निर्देशन आएको सहायक प्रमुख घिमिरेले जानकारी दिए ।

कलंकी नागढुङगा त्रिपुरेश्वर सडकखण्डमा काम गरिरहेका ६ ठेकेदार कम्पनीले सर्वोच्च अदालत र स्थानीय वासिन्दाको अवरोधका कारण समयमै काम नसकिने बताएका छन् ।

म्याद नागेका ठेकदार कम्पनीहरु क, ख, ग र घ वर्गका कम्पनी छन् । त्रिवेणी कन्स्ट्रक्सन कम्पनी प्रा लि, नयाँयुग निर्माण सेवा जोरपाटी, केदार निर्माण सेवा, स्वच्छन्दरछिरिङ्ग जेभी, गोरखा एप्रोप्रियट टेक्नोलोजी फर रिकन्ट्रक्सन प्रालि लगायत १०९ जना रहेको प्रशासन कार्यलयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.