वाणिज्य बैंकलाई आईएफसीले डलरमा ऋण दिदै, ४ बैंकले गरे सम्झौता

  २०७५ जेठ १२ गते ११:५२     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) बाट परिवत्र्य विदेशी मुद्रा (डलर) मा कर्जा ल्याउने तयारी थालेका छन् । एनएमबी बैंक, एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सानिमा बैंकले परिवत्र्य विदेशी मुद्रामा ऋण ल्याउनका लागि सम्झौता गरेका छन् ।

यस्तै मेगा हिमालयन र सनराइज बैंकले आईएफसीसंग ऋण लिनका लागि सम्झौताको तयारी थालेका छन् । आईएफसीका आवासिय प्रतिनिधी मोहम्द रेहान रसिदले ४ वैंकसंग ऋण लगानीको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैकले परिवत्र्य विदेशी मुद्रामा ऋण लिन खुला गरेपछि वाणिज्य बैंकले धमाधम ऋण लिनका लागि प्रक्रिया अघि बढाएका छन् । केन्द्रीय बैंकले गत चैत २० गते वाणिज्य बैंकलाई प्राथमिक पुँजीको २५ प्रतिशत मात्र वित्तीय संस्थाबाट डलरमा ऋण लिनलाई खुला गरेको थियो ।

एनएमबी बैंक र एनआईसी एसिया बैंकले डलरमा ऋण लिन राष्ट्र बैंकमा निवेदन दिएका छन् । गत वर्षदेखि सुरु भएको लगानीयोग्य पुँजीको संकट समधान गर्न राष्ट्र बैंकले विदेशबाट ऋण लिनका लागि बाटो खोलिदिएको हो ।
वाणिज्य बैंकले विदेशी बैंकबाट न्युनतम २ अर्बदेखि बढीमा ५ अर्ब ५० करोड रुपैयाँसम्म ऋण लिन पाउने भएका छन् । राष्ट्र बैंकले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र डलरमा ऋण लिन पाउने व्यवस्था गरेपछि बैंकहरुले सो रकम बराबर रकम मात्र पाउने भएका हुन् ।

८ अर्ब रुपैयाँ चुक्तापूँजी भएको बैंकले पनि २ अर्ब रुपैयाँसम्म ऋण लिन पाउने छन् । २८ वाणिज्य बैंकको प्राथमिक पुँजी (कोर क्यापिटल) ३ खर्ब ११ अर्ब ५७ करोड रुपैयाँ छ । यसको २५ प्रतिशत अर्थात ७८ अर्ब रुपैयाँ हारहारीमा मात्र बैंकले विदेशी मुद्रामा ऋण लिन पाउने छन् ।

प्राथमिक पुँजी ८ अर्ब रुपैयाँ भन्दा कम भएपछि नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले विदेशबाट ऋण लिन नपाउने भएको छ । एनसीसीको ७ अर्ब १२ करोड ५० लाख रुपैयाँ रहेको छ । चुक्तापुँजी, संचितकोष (रिजर्भ) प्रस्तावित बोनस सेयर, सेयर प्रिमियम, साधारण जगेडा कोष, संचित नाफा–नोक्सान, पुँजी समायोजन कोष र अन्य स्वतन्त्र कोष जोडेर प्राथमिक पुँजीको गणना गरिन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.