बुधबारदेखि सरकारी औषधि उद्योगको साधा जीवनजल बजारमा, दैनिक ५ हजार प्याकेट उत्पादन

  २०७५ जेठ ११ गते १९:५३     विकासन्युज

काठमाडौं । बुधबार सरकारी स्वामित्वको उद्योग नेपाल औषधि लिमिटेडले साधा जीवनलको व्यवसयीक विक्री शुरु गर्ने भएको छ । कम्पनीका महाप्रबन्धक डा. रोभस कुसम सुवेदीले बुधबारदेखि साधा जीवनजलको व्यवसायीक बिक्री शुरु गर्ने तयारी भइरहेको विकासन्युजलाई बताए ।

उद्योगका अनुसार साधा जीवनजलमा कुनै पनि फ्लेबर हुदैन । बढी पसिना निस्केर थकान लागेमा, ब्लडपेसर कम भएमा सरिरलाई उर्जा प्रदान गर्न उपभोग गर्न सकिन्छ । विशेषगरी व्यायाम गर्ने तथा खेलाडीहरुलले साधा जीवनजल बढी प्रयोग गर्ने विश्वास उद्योगको छ ।

कम्पनी पुनःसञ्चानल भएयता सुन्तला लगायत फ्लेबरका जीवनजल मात्रै उत्पादन गरिदै आएको छ । ‘साधा जीवनजलकाे माग बढी अाएपछि उद्योगले सबैका लागि उपयुक्त हुने उक्त जीवनजल बजारमा ल्याएको हो,’ उनले भने ‘एकै पटक ५० हजार प्याकेट साधा जीवनजल कमर्शीयल बिक्री गर्दैछौं ।’ तत्काल उद्योगले दैनिक ५ हजार प्याकेट जीवनजल उत्पादन गर्ने उनकाे भनाइ छ ।

उनको अनुसार हालसम्म मुलुकका विभिदन्न ठुला सहरहरु धनगढी, नेपालगञ्ज, वुटवल, विराटनगर, काठमाडौं, पोखरा लगायतबाट सो जीवनजलको माग आएको छ । उद्योगले यसको बजार मूल्य प्रतिप्याकेट ९ रुपैयाँ तोकेको छ ।

लामो समयसम्म बन्द रहेको उक्त उद्योग ०७४ वैशाख २४ गते तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा जीवनजल उत्पादन शुरु गर्दै पुनः सञ्चालनमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.