बिरामी भेट्न अस्पताल जाँदै हुनुहुन्छ ? लैजानुस् फलफूलको सट्टा गेट वेल सुन कार्ड

  २०७५ जेठ ११ गते १५:०४     राजाराम न्याैपाने

काठमाडौं । तपाई बिरामी भेट्न अस्पताल जादै हुनुहुन्छ ? के बिरामी भेट्न फलफूल र हर्लिक्स लगाएतका खाद्यवस्तु बोकेर जाँदै हुनुहुन्छ ? अब ति दिन गए । अब फलफूल होइन गेट वेल सुन कार्ड लिएर बिरामी भेट्न जानुस ।

भक्तपुर क्यान्सर, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, भक्तपुर अस्पताल र सिभिल अस्पतालमा यस्तो सेवा सुरु भइसकेको छ ।

अस्पतालले बिरामीलाई फलफूल हैन स्वास्थ्य लाभको कामना गर्ने कार्डको चलन ल्याएको छ । अस्पतालमा बिरामीलाई भेटन जाँदा लगेको कार्ड बिरामीले उपचारपछि अस्पताललाई फिर्ता गर्नुपर्छ ।

अस्पतालले पछि बिरामीलाई कार्ड बराबरको पैँसा फिर्ता दिनेछ । यो कार्ड बिरामी भेट्न जाँदा काउन्टरबाट किनेर लैजाने व्यवस्था गरेको छ । बिरामीका लागि अस्पतालले २५०, ५०० र १००० रुपैँया सम्मको गेट वेल सुन कार्डको व्यवस्था गरेको छ ।

बिरामीलाई भेट्न जाँदा लाने फलफूल लगाएतका बस्तुले अस्पताल फोहोर बनाउने र बिरामीले कुन कुरा खान हुने र कुन नहुने ? बिरामी भेट्न आउनेले त्यति ध्यान दिएको हुदैनन् । यो कार्डको प्रयोगमार्फत बिरामीले डाक्टरको सल्लाह अनुसारको खाने कुराहरु खाने छन् । यो कार्ड लागु भएपछि बिरामी भेट्न आउनेहरुले ल्याएको कार्ड मार्फत केही सहयोग पनि हुने भक्तपुर क्यान्सर अस्पतालको प्रशासनका राजाराम तजलेले बताए । नेपालमा नै भरतपुर जिल्लाले पहिलो पटक प्रयोगमा ल्याएको पनि बताए ।

यो कार्ड समाजवाद अध्ययन केन्द्रले अस्पताललाई निःशुल्क उपलब्ध गराएको हो । कार्डमा सन्देशमुलक लोगो र फोटोहरु राखिएको छ । बिरामीले अस्पताललाई फिर्ता गरेको कार्ड मेशिनमा हालेर चेकगरे पछि बिरामीले कार्ड बराबरको पैँसा पछि फिर्ता पाउने छन् ।

हाल समाजवाद अध्ययन केन्द्रले अस्पताललाई २५०, ५०० र १००० रुपैँयाको ५०/५० वटा कार्ड प्रदान गरेको छ । साथै, कार्डसँगसँगै कार्ड चेक गर्ने मेशिन पनि दिएको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.