स्वेच्छिक अवकासले बिच्किएका कर्मचारी फकाउन तलब वृद्धिको अस्त्र, दबावमा अर्थमन्त्री खतिवडा

  २०७५ जेठ १० गते १९:१६     विकासन्युज

काठमाडौं । बजेट सार्वजनिक गर्ने दिन नजिकिँदै गर्दा कर्मचारीको तलब वृद्धि गर्न अर्थमन्त्री डा. युवराज खतिवडामाथी दबाव बढ्दै गएको छ । तत्कालिन एमाले र माओवादी केन्द्र निकटका कर्मचारी यतिबेला नेकपाको एकिकृत छाता मुनी आईपुगेका छन् ।

कर्मचारीहरुले प्रधानमन्त्री केपी ओलीलाई भेटेरै तलब बढाउन आग्रह गरेका छन् । उनीहरुले निजामति सेवा ऐनको दफा २८ लाई समातेर आफ्नो दावी पेश गरिरहेका छन् । त्यसो त कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत तलब बढाउने अभियानको लबिङमा सघाउन आग्रह गरिसकेका छन् ।

‘यो तलब बढाउनुपर्ने नियमित बर्ष हो, सरकारले ढुकुटी देखाईरहेको छ, हामी आफ्नो अधिकार मागिरहेका छौं, तलब वृद्धिका लागि जे जे गर्नुपर्ने हो सबै गरिरहेका छौं’, आधिकारीक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले भने । उनी तत्कालिन एमाले निकट र हाल नेकपा निकट कर्मचारी हुन् । त्यति मात्रै होइन ढकालको प्रधानमन्त्री केपी ओलीसँग सिधा सम्बन्ध छ । उनले ओलीलाई नै भेटेर स्वेच्छिक अवकास प्रकरणबाट निरास बनेका कर्मचारीलाई तलब वृद्धिको उपहारले मनाउनु पर्ने सुझाव दिएका छन् ।

देशैभरका करिब दुई तिहाई आधिकारीक कर्मचारी युनियनमा नेकपा निकटका कर्मचारीको बाहुल्यता छ । उनीहरु स्वेच्छिक अवकासको नीति फिर्ता लिएपछि सरकारसँग असन्तुष्ठ रहँदै आएका छन् । समृद्धिको अभियानका असली वाहक भनेकै कर्मचारी हुन् । ओलीले देखेको सपना पुरा गराउने अभियानका सारथी कर्मचारीलाई हात लिनु सरकारका लागि महत्वपुर्ण अवसर हुन सक्छ ।

त्यसो त अर्थमन्त्री डा. खतिवडा आधिकारीक युनियनका नेताहरुसँगको भेटमा तलब बढाउन नसक्ने स्पष्ट पारेनन् । उनले केबल ढुकुटी सानो भएको मात्रै बताए । ‘तलब बढाउने बिषयमा अर्थमन्त्री पनि सकारात्मक नै हुनुहुन्छ तर ढुकुटी सानो भएको र दायीत्व धेरै भएकाले दुविधामा मात्रै पर्नु भएको हो’, अर्थमन्त्री डा. खतिवडाका स्वकिय सचिव तुल्सिराम मैनालीले भने ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले भूकम्प र नाका बन्दीले थला परेका बेला समेत कर्मचारीको तलब वृद्धि गरिदिएका थिए । यतिबेला मुलुक निर्माणको चरणमा रहेकाले कर्मचारीको मनोभावनालाई बुझ्नेमा कर्मचारी नेताहरु विश्वस्त देखिन्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.