संचय कोष र बीमा कम्पनी सिभिल बैंकको संस्थापक सेयरधनी, २९ लाख ९२ हजार कित्ता १५० रुपैयाँसम्म

  २०७५ जेठ १० गते १८:३९     विकासन्युज

काठमाडौं । कर्मचारी संचय कोष र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले सिभिल बैंकको हकप्रद सेयर खरिद गर्ने भएका छन् । दुई संस्थाले सिभिलको आवेदन नपरेको २९ लाख ९२ हजार २१० कित्ता सेयर न्युनतम १०० देखि १५० रुपैयाँमा उठाउने भएका छन् ।

संचय कोष र बीमा कम्पनीले प्रतिकित्ता १०० रुपैया हकप्रद खरिदका लागि बोलपत्र पेश गरेका छन् । जसमध्ये कोषल २९ लाख ९२ हजार २१० र बीमा कम्पनीले १ लाख ४५ हजार कित्ताका लागि बोलपत्र पेश गरेका छन् । यस्तै १५० रुपैयाँमा ५०० कित्ता खरिदका लागि बोलपत्र पेश भएको छ ।

लिलामीका लागि बोलपत्र आब्हान गर्दा ३२ लाख २५ हजार ६२० कित्ताका लागि आवेदन परेको बैंकले जनाएको छ ।
सिभिलले नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको चुक्तपूँजी ८ अर्ब रुपैयाँ पु¥याउन बुझाएको पँुजी योजना बमोजिम, ४० प्रतिशत हकप्रद सेयर वितरण गर्न बैंकले शेयर बिक्रीप्रबन्धका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको थियो ।

जसमध्ये संस्थापक समूहको आवेदन नपरेको २९ लाख ९२ हजार २१० कित्ता बिक्रिको लागि ९ सम्म शिलबन्दी बोलपत्र माग गरिएकोमा, संचय कोष र राष्ट्रिय बीमा कम्पनीको आवेदन परेको बैंकले जनाएको छ । बैंकको चुक्तापूँजी ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँ पुग्ने छ ।

बैंकले संचित नाफाबाट बोनस शेयर वितरण गरी अपुग पूँजी पु¥याउने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.