भारतमा फेरी पेट्रोलियमको भाउ बढ्यो, नेपालमा जेठ १८ गते कति पुग्ला ?

  २०७५ जेठ १० गते १५:१८     विकासन्युज

काठमाडौं । भारत सरकारले पेट्रोलियम पदार्थको भाउ बिहीबार फेरी बढाएको छ ।  अन्तराष्ट्रिय बजारमा बढेको भन्दै भारतमा पनि पेट्रोलियमको मूल्य समायोजन भएको हो ।

भारतमा बिहीबार पेट्रोलियमको भाउ बढेर प्रतिलिटर ८५ रुपैयाँ २९ पैसासम्म पुगेको छ । यो मुम्बइको भाउ हो । यस्तै राजधानी दिल्लीमा प्रतिलिटर ७७ रुपैयाँ ४७ पैसा भारु पुगेको छ । यो मूल्य हालसम्मकै उच्च भएको दी इण्डियन एक्सप्रेसले आफनो अनलाईन संसकरणमा उल्लेख गरेको छ ।

यस्तै डिजेलको भाउ पनि बढेर मुम्बइमा प्रतिलिटर ७२ रुपैयाँ ९६ पैसा र दिल्लीमा ६८ रुपैयाँ ५३ पैसा पुगेको इण्डियन एक्सप्रेसले जनाएको छ । केन्द्रीयमन्त्री नितिन गडकरीले भारत विश्व अर्थतन्त्रसंग जोडिएकाले भाउ वृद्धि रोक्न नसक्ने स्पष्टपारेका छन् ।

उनले पेट्रोलको भाउ वृद्धि नगरी सुखै नभएको उनको तर्क थियो । अन्तराष्ट्रिय बजारमा पेट्रोलियको भाउ प्रतिव्यारेल ८० नजिक पुगेपछि भारतमा मूल्य समायोजन भएको हो । पछिल्लो समयमा पेट्रोलियमको भाउ उकालो लाग्दै आएको हो ।

अन्तराष्ट्रिय बजार विशेष गरी भारतमा पेट्रोलियमको भाउ वृद्धि भएपछि यसको असर नेपालमा पर्ने भएको छ । आउदो जुन १ गते इण्डियन आयल कर्पोरेशन लिमिटेडले नयाँ मूल्य पठाएपछि नेपालमा पनि पेट्रोलियमको भाउ बढ्ने संभावना छ ।

नेपालमा पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ पुगेको छ । नयाँ सरकारले ४ पटक पेट्रोलियमको भाउ बढाइसकेको छ । यस्तै डिजेलको भाउ पनि ९२ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.