बीमा कम्पनीका सञ्चालक समितिको निर्णयमा भर परेर सेयरमा लगानी नगर्नुहोस्- चिरञ्जीवी चापागाईंसँगको भिडियो अन्तरवार्ता

  २०७५ वैशाख ३० गते १०:०७     विकासन्युज

काठमाडाैं । बीमा समितिको अध्यक्ष चिरञ्जीबी चापागाईंले बीमा कम्पनीहरुको सेयर मूल्यमा अस्वभाविक उतारचढाव आउनुमा बीमा कम्पनीका सञ्चालक समितिको अपरिपक्व निर्णयहरु जिम्मेवार भएको बताएका छन् । विकासन्युजको नियमित स्तम्भ विकास वहसमा बोल्दै उनले लगानीकर्ताहरुलाई सञ्चालक समितिको निर्णयमा मात्र विश्वस गरेर सेयर किन्ने निर्णय नलिन सुझाव दिएका छन् ।

सञ्चालक समितिका निर्णयहरु गलत भएकै कारण एभरेष्ट इन्स्योरेन्स, यूनाईटेड इन्स्योरेन्स लगायतका बीमा कम्पनीहरुको लगानीकर्ता मर्कामा परेको बताएका छन् । वर्षौ साधारणसभा नभएको कम्पनीको १०० रुपैयाँको सेयरलाई १८/२० हजार रुपैयाँ तिर्नु लगानीकर्ता आफैको कमजोरी भएको उनले बताएका छन् ।

बीमा समितिको अध्यक्ष भएर आएपछि बीमा क्षेत्रको धेरै समस्या हल गरेको, बीमाको पहुँचमा उल्लेख्य वृद्धि गरेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.