गण्डकी विकास बैंकको साधारणसभा जेठ २५ मा, ४४ करोड ५० लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने

  २०७५ वैशाख २१ गते ९:५९     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकको १० औं वार्षिक साधारणसभा जेठ २५ गते पोखरामा हुने भएको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १९.३१ प्रतिशत अर्थात ४४ करोड ५० लाख ९२ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरणको पारित गर्ने छ ।

बोनस सेयर वितरण भएपछि बैंकको चुक्तापुँजी बढेर २ अर्ब ७५ करोड पुग्ने छ । पुँजी वृद्धिको प्रस्ताव पनि सभाले पारित गर्ने भएको छ ।

अन्य बैंक तथा वित्तीय संस्थासंग गाभ्ने र प्राप्ति गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । संस्थापक र सर्वसाधारणतर्फ प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको चयन र सञ्चालकको भक्ता र सुविधा वृद्धि गर्ने प्रस्ताव पारित हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.