माछापुच्छ्रे बैंकको एमबिएल स्मार्ट बचत खाता सञ्चालनमा, बीमा सुविधा पाइने

  २०७५ वैशाख २० गते १६:४६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले आकर्षक सुबिधा सहितको एमबिएल स्मार्ट बचत खाता संचालनमा ल्याएको छ । उक्त खातामा न्युनतम ५ हजार रुपैयाँ बचत गरी ६ प्रतिशत ब्याज प्राप्त गर्न सकिने छ ।

उक्त खाता मार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्दै आइरहेका छन् । स्मार्ट सुविधा अन्तर्गत ग्राहकहरुले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबिएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि-आश्वा सुविधा, अन्तर शाखा कारोबार सुबिधा निःशुल्क तथा लकर सुबिधामा समेत ५० प्रतिशत छुट प्राप्त गरिरहेका छन् ।

यस खाता थप आर्कषक बनाउन बैंकले स्वास्थ्य र दुर्घटना बीमाको सुविधा समेत प्रदान गर्न भएको छ, जसमा ग्राहकले पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा, १ लाख रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र ५ हजार रुपैयाँ सम्मको औषधी खर्च निःशुल्क प्राप्त गर्न सक्ने जनाएको छ ।

बैंक नै नगई इलेक्ट्रोनिक माध्यम बाटै बैंक खाता सञ्चालन गर्न ग्राहकवर्गलाई प्रोत्साहित गर्ने उद्देश्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो ।

बैंकले हाल ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८५ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.