प्राइम बैंकको छलाङः ४२ प्रतिशत नाफा बढ्यो, ब्याज आम्दानी धेरै

  २०७५ वैशाख ११ गते ९:२४     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियसल बैंकको नाफा ४२ प्रतिशतले बढेको छ । २०७३ चैत मसान्तमा ८८ करोड नाफा कमाएको बैंकले २०७४ चैतमा १ अर्ब १५ करोड पुर्याएको हो । यो अवधीमा बैंकको नाफा ३७ करोडले बढेको छ ।

२०७३ पुस मसान्तमा बैंकको नाफा ७१ करोड थियो । पछिल्लो तीन महिनामा प्राइमले ५४ करोड नाफा बढाएको देखिन्छ । प्राइमले ५ अर्ब ५८ करोड ब्याज आम्दानी गरेर ४ अर्ब २९ करोड ब्याज खर्च गरेको छ ।

.खुद ब्याज आम्दानी पुस मसान्तको तुलनामा १ अर्ब ४ करोडबाट बढेर १ अर्ब ७९ करोड पुगेको देखिन्छ । बैंकले ६ करोड ६७ लाख रुपैंयाँ नन अपरेटिङ इनकमबाट प्राप्त गरेको देखिन्छ । बैंकले ७६ अर्ब निक्षेप संकलन गरेर ६६ अर्ब कर्जा लगानी गरेको देखिन्छ । ८ अर्ब ३ करोेड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ६६ करोड रुपैंयाँ रहेको छ ।

१.०६ प्रतिशत खराब कर्जा रहेको बैंकले राइट ब्याकबाट १५ करोड प्राप्त गरेको छ । बैंकको आधार ब्याजदर ११.१० प्रतिशत छ भने स्प्रेड दर ४.२८ प्रतिशत रहेको छ । प्राइमको सिसिडी रेसियो ७७.६४ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी २०.८९ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३३.१२ रुपैंयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.