आयात र विदेशी लगानीको लाभांश भुक्तानीले मुलुक २४ अर्ब ७३ करोड घाटामा

  २०७४ चैत २९ गते १७:५७     विकासन्युज

काठमाडौं । आयात तथा विदेशी लगानीको लाभाशं भुक्तानीमा भएको उच्च वृद्धिका कारण मुलक झण्डै २५ अर्ब रुपैयाँ घाटामा गएको छ ।

अघिल्लो वर्षको ८ महिनामा चालु खाता ६ अर्ब ३१ करोडले घाटामा रहेकोमा समीक्षा अवधिमा भारी विस्तार भई १ खर्ब ५३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा आयात तथा विदेशी लगानीको लाभाशं भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालू खाता उल्लेख्य घाटामा भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आयात र लाभांशले गर्दा अघिल्लो वर्षको ८ महिनामा ५० अर्ब २ करोड रुपैयाँले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा २४ अर्ब ७३ करोड रुपैयाँ घाटामा रहेको छ । चालु आवमा विभिन्न एक दजर्न विदेशी लगानीमा सञ्चालित कम्पनीले ३३ अर्ब रुपैयाँ बढी लाभांश विदेश लगेका छन् । सबैभन्दा बढी लाभांश विदेश लैजानेमा मोवाइल सेवा प्रदायक एनसेल प्राइभेट लिमिटेड रहेको छ ।

समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह झण्डै दोब्बर बढेर १४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ८ अर्ब ३५ करोड रुपैयाँ थियो ।

विदेशी विनिमय सञ्चिति पनि घट्यो

गत असार मसान्तको तुलनमा फागुनमा विदेशी विनिमय संचिति पनि २.८ प्रतिशत कमी आएको छ । गत असारमा १० खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति फागुन मसान्तमा कमी आई १० खर्ब ४९ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत छ ।

आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.१ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.