विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकास गर्ने शिक्षामा जोड दिएका छौं-मनोजकुमार थापा मगर

२०७४ चैत २९ गते १२:०६ विकासन्युज

आर्थिक रुपमा कमजोर परिवारमा जन्मनु भएका मनोजकुमार थापा मगर प्रिप्राइमरी स्कूल पढ्दै गर्दा उहाँको आमा बित्नुभयो । त्यो अवस्थामा कहिले मामाघरमा बसेर, कहिले घरमा बसेर स्कूल तहको अध्ययन गर्नु भएका थापाको कलेज जीवन पनि संघर्षमा नै बित्यो । स्कूलमा पढाउदै, कलेज पढ्दै गरेर उहाँले शंकरदेव कलेजबाट एमबीएस, एपेक्स कलेजबाट एमबीए गर्नुभयो ।

मनोजकुमार थापा मगर, कार्यकारी निर्देशक/प्राचार्य- नेपालय एजुकेशन फाउण्डेशन

शिक्षण पेशा अगाल्दै गर्दा उहाँले स्कूल तथा कलेजमा ठूलो लगानी गरिसक्नु भएको छ । हाल उहाँ नेपालय एजुकेशन फाउन्डेशनको कार्यकारी निर्देशक तथा नेपालय उच्च माविको प्राचार्य हुनुहुन्छ । नेपालय एजुकेशन फाउन्डेशन अन्तरगत नेपालय उच्च मावि र हेण्ड्री फोर्ड कलेज सञ्चालन भईरहेका छन । प्रस्तुत छ नेपालयलाई एउटा विश्वविद्यायलको रुपमा विकास गर्ने सोच बोक्नु भएका मनोज थापा मगरसँग विकासन्युज प्रतिनिधिले गरेको विकास वहस ।


विद्यार्थी र अभिभावकले नेपालय उच्च माविलाई किन रोज्ने ?

२० वर्षअघि अमरज्योतिको नामबाट सञ्चालनमा रहेको स्कूललाई हामीले नाम परिवर्तन गरेर नेपालय उच्च मावि बनाएका हौं । हामीले स्कूलको नाम परिवर्तन गरेको होइनौं, साधन र साध्य पनि परिवर्तन गरेका छौं । शिक्षण विधि र अभ्यासमा परिवर्तन गरेका छौं ।
हामीले हिजो जे गरि आएका थियौं । त्यसलाई फरक ढङ्गबाट गर्नुलाई साध्यको रुपमा लिएका छौं । हाम्रो विद्यार्थीलाई एउटा घरको पूरै असल छोराछोरी बनाउने हाम्रो उद्देश्य हो । अभिभावकले जुन सपना बोकेर हामीलाई आफ्नो बच्चा हस्तान्तरण गर्नुहुन्छ । उहाँहरुले हामीलाई जिम्मेवारी हस्तान्तरण गर्नु भएको हुन्छ । उक्त जिम्मेवारीलाई निभाउँदै बच्चा पूर्ण सक्षम बनाएर अभिभावकलाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो ।

बच्चामा विभिन्न ज्ञान, शिप, अनुशासन, आचरण गुणले सम्पन्न गराएर फेरी अभिभाकलाई बच्चा हस्तान्तरण गर्ने कार्यलाई साध्यको रुपमा लिएका छौं । त्यसको लागि स्कूलले गत वर्षबाटै तल्लो कक्षादेखि जग बलियो बनाउन भनेर नर्सरीदेखि १ क्लाससम्म पूर्ण रुपमा मन्टेश्वरीवेस पढाउन थालिसकेका छौं । सम्भवतः अर्को वर्ष ५ कक्षासम्म मन्टेश्वरी मोडलमा जाने तयारीमा छौं । शिक्षामा नयाँ–नयाँ विधि र प्रक्रिया आइराखेका हुन्छन् । प्रविधियुक्त नयाँ विधिले धेरै विषय सिक्न र सिकाउन सजिलो भएको छ । प्रविधियुक्त नयाँ शिक्षण विधिलाई हामीले प्रयोग गरिरहेका छौं ।

नेपालयले पूर्वाधार निर्माण र विकासतर्फ धेरै काम गरिसकेको छ । खेलमैदान, कम्प्यूटर प्रयोगशाला, साइन्स प्रयोगशाला, लाईब्रेरी, कन्फरेन्स हल लगायत पूर्वाधार बनेका छन् ।

टिमवर्कमा काम गर्न सिकाउन, सामाजिक काम गर्न प्रेरित गर्न स्काउट शुरु गरेको छौं । प्रतिस्पर्धी क्षमताको विकास गर्नको लागि चाइनिज ल्याङग्वजको कक्षा चलाएका छौं । प्रयोगात्मक शिक्षा, शैक्षिक भ्रमण, खेलकुद, नाचगान, क्षमता विकासका लागि विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु गर्दै आएका छौं ।

नेतृत्व र व्यक्तित्व विकासका लागि नियमित मोटिभेशन कक्षा सञ्चालन गर्दैछौं । मोटिभेशनल कार्यक्रमको पनि निश्चित कोर्ष तयार गर्ने र विभिन्न क्षेत्रका सफल व्यक्तिहरुलाई मोटिभेटरको रुपमा आमन्त्रित गर्ने गरी क्यालेण्डर नै बनाएर अगाडि बढिरहेका छौं । कलेजमा नयाँ कार्यक्रमहरु थप्दै लगेका छौं । हामीले नेपालयलाई एउटा विश्वविद्यालय कै रुपमा विकास गर्न चाहिरहेका छौं ।

सरकारीभन्दा निजी स्कूलले दिने बढ्ता सेवा सुविधा के के हुन् ?

सरकारी स्कूलहरु पूर्वाधार, मानव संसाधनमा सम्पन्न हुन्छन् । आयोग पास गरेका शिक्षक स्थायी शिक्षकहरु राखेका हुन्छन् । विभिन्न तालिमको व्यवस्था हुन्छ । केही सामुदायिक स्कूलहरुले उदाहरणीय रुपमा काम गरेका छन् । ती स्कूलमा भर्ना हुन समेत प्रतिस्पर्धा हुने गरेको छ । जुन–जुन विद्यालयहरुले गुणात्मक तथा प्रतिस्पर्धात्मक शिक्षा दिएका छन् । त्यसलार्ई हामी प्रोत्साहित गर्नुपर्छ, हामी प्रशंसा गर्छौ । तर धेरै सार्वजनिक विद्यालयहरु स्रोत साधान सम्पन्न भएर पनि गुणस्तरीय शिक्षा दिन सकेका छैनन् । त्यो ग्याबलाई निजी विद्यालयहरुले पूरा गर्ने काम गरेका छन् ।

पछिल्लो समय समग्रमा नेपालको शिक्षालाई प्रतिस्पर्धात्मक तथा गुणात्मक रुपमा विकास गराउनमा वोर्डिङ स्कूलको महत्वपूर्ण भूमिका रहेको छ । विगतमा गाँस, वास, कपासलाई मात्रै आधारभूत आवश्यकता मानिन्थ्यो । अहिले आएर शिक्षा, स्वास्थ्यलाई पनि मान्ने गरिएको छ । हरेक अभिभावकहरु शिक्षा र स्वास्थ्यमा खेलबाड गर्न चाहँदैनन् ।

सबैले नसक्लान तर धेरै बोर्डिङ स्कूलहरुले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिइरहेका छन् । निजी स्कूलहरुले संस्कार, शिक्षा, व्यक्तित्व विकास, अनुशासन, रिजल्ट राम्रो ल्याइरहेका छ । इतिहास हेर्न सकिन्छ ।

त्यस्तै, नेपालय मध्यम किसिमको स्कुल हो । मध्यम आयस्तर भएको र बच्चाको भविश्यको लागि केही गर्ने सोच छ भने हाम्रो जस्तो विद्यालयलाई छनौट गर्ने गरेका छन् । हामी केटाकेटीलाई संस्कार कसरी दिने भन्नेमा जोड दिन्छौं । अहिले घर, परिवार, समाज जताततै अनुशासनको कमी देखिएको छ । त्यसैले हामीले अनुशासनलाई जोड दिएका छौं ।

दोस्रो गुणात्मक शिक्षा बच्चाहरुको जग(बेस) कसरी बलियो बनाउने, भोलि जुनसुकै परिवर्तन आउदा पनि भिड्न सकोस् भन्ने आधारले हामी अघि बढेका हौं । निजी क्षेत्रले विद्यार्थीमा हुनु पर्ने गुणात्मक, अनुशासन, व्यक्तित्व विकास, संस्कार, प्रतिस्पर्धा जस्ता ग्याबलाई भर्ने काम गरेको छ ।

कहिले निजी विद्यालयहरुलाई दमन गर्ने, तर्साउने किसिमको वातावरण सृजना हुन्छ । सो कारण वोर्डिङ स्कूलमा लगानी गर्न खोज्ने, लगानी गर्ने लगानीकर्ताहरुलाई समेत लगानीको सुरक्षा नहुने डर छ । खुलेर काम गर्न पाएका छैनौं ।

निजी क्षेत्रका स्कूलहरुको कमी कमजोरी के के देख्नुहुन्छ ?

निजी स्कूलहरुलाई पनि जिल्ला शिक्षा कार्यालयले वर्गिकरण गरेको छ । हामीले पनि त्यसलाई स्वीकार गरेका छौं । विभिन्न दायराको आधारमा ए, बी, सी गरेर श्रेणी छुट्याएको छ । शिक्षा नीतिले विभिन्न पूर्वाधार, संरचना, नीति नियम भए, नभएको आधारमा वर्गिकरण गरेर ग्रेड छुट्याएको छ ।

मुलुकको सम्पूर्ण बोर्डिङ स्कूल मध्ये ५/७ प्रतिशत अत्यन्तै सम्पन्न, पूर्वाधारको दृष्टिकोणले पनि अत्यन्तै ठूलो लगानी, मानव संसाधनको पनि त्यही किसिमको तयारी, सम्पूर्ण संसाधले पूर्ण अवस्थामा छन् ।

त्यो वाहेकका धेरै बोर्डिङ स्कूलहरुमा पूर्वाधारको समस्या देखिन्छ । धेरै बोर्डिङ स्कूलहरुले शिक्षा ऐनले निर्देशित गरे अनुसार पूर्वाधार विकास गर्न सकेका छैनन् ।

दोस्रो चुनौति मध्ययम वोर्डिङ स्कूलमा पढाउनका लागि शिक्षक, शिक्षिकाहरुको आकर्षण विगतभन्दा कम देखिएको छ । उनीहरुले जिन्दगीको वृद्धि विकासको सम्भावना कम देखेको देखिन्छ । विदेशमा जाने, सरकारी जागिर खाने, बैंक वा ठूलो कर्पोरट हाउसमा जागिर खानेतर्फ जति आकर्षण स्कूल कलेजमा टिचिङ गर्नेमा छैन ।

अहिले वैदेशिक रोजगारी, काम दिगो नहुनु लगायतको कारणले सोचे जस्तो दक्ष जनशक्ति प्राप्त गर्न गाह्रोे परेको छ । करारमा राखेर शिक्षक शिक्षिकाहरुलाई विभिन्न तालिम, प्रशिक्षण लागायको व्यवस्था गरेर त्यसको पूर्ति गरिरहेको अवस्था छ । अन्य क्षेत्रले जस्तो पेन्सन, उपदान दिने वातावरण अझै बन्न सकेको छैन ।

तेस्रो चुनौति बोर्डिङ स्कूलहरुको लागि ऐन समस्याको रुपमा आएको छ । कहिले निजी विद्यालयहरुलाई दमन गर्ने, तर्साउने किसिमको वातावरण सृजना हुन्छ । सो कारण वोर्डिङ स्कूलमा लगानी गर्न खोज्ने, लगानी गर्ने लगानीकर्ताहरुलाई समेत लगानीको सुरक्षा नहुने डर छ । खुलेर काम गर्न पाएका छैनौं ।

एक डेढ हप्ताअघि मात्रै पनि शिक्षा क्षेत्रको विज्ञहरुले सबै बोर्डिङ बन्द गर्नुपर्छ भन्ने धारणा राखेका थिए । त्यसले हलचल नै मचाइदियो । सम्बन्धित मन्त्रालयहरुबाटै पनि कन्ट्रोभर्सरी स्टेटमेन्टहरु आउने गरेको छ । ठूला–ठूला पूर्वाधार बनाए बसेको निजी स्कूलहरुलाई भने त्यसले असर पार्दैन । जो मध्यम वर्गको विद्यालयहरु जो आफ्नै शैलीमा चलेका छन् । त्यस्तालाई डरको वातावरण सृजना हुन्छ । शिक्षामा निजी क्षेत्रको लगानीको ग्यारेन्टी हुने हो भने खुलेर पूर्वाधार, जनशक्तिको विकास गर्ने अवस्था हुन्थ्यो ।

समग्रमा शिक्षा क्षेत्रको विकास कसरी हुनुपर्छ ?

अहिले शिक्षा क्षेत्रका जुन ऐन बनिरहेका छन् । नीति नियम निर्माण भइरहेको छ । उक्त नियमले देशको शैक्षिक जागरणमा निजी क्षेत्रको पनि उत्तिकै महत्व हुने भएकोले प्राथमिकतामा राखेर अघि बढोस् भन्ने हाम्रो अपेक्षा हो । निजी विद्यालयहरुलाई पनि उत्प्रेरित गर्नुपर्छ ।
हामीलाई के थाहा छ भने नर्सरी, एलकेजी हुँदै एउटा वच्चा १३ वर्षसम्म स्कूलमा रहन्छ बन्छ । ऊ समाजको नेतृत्व गर्ने नागरिक हुन्छ । यो पुस्ताको हातमा हुन्छ भोलिको समाज ।

हाम्रो उद्देश्य स्कूल चलाउने, स्कूलबाट केटाकेटीलाई पास गराउदै जाने मात्रै होइन, समाजलाई रुपान्तरण गर्ने हो । एउटा आदर्श, सम्पन्न समाज बनाउने हो । हरेक दृष्टिकोणबाट बालबालिकालार्इ सक्षम बनाउने हो ।

हाम्रो उद्देश्य स्कूल चलाउने, स्कूलबाट केटाकेटीलाई पास गराउदै जाने मात्रै होइन । हाम्रो उद्देश्य भनेको समाजलाई रुपान्तरण गर्ने हो । हिजो जस्तो थियो त्यो समाजलाई परिमार्जन गर्ने हो । एउटा आदर्श, सम्पन्न समाज बनाउने हो । हरेक दृष्टिकोणबाट सक्षम बनाउने हो ।
अहिले सरकारले सामाजमा प्राविधिक विषयमा जोड दिइरहेको छ । सिभिल, कम्प्यूटर इञ्जिनियरीङ लागायत सरकारले अघि सारेको शिक्षा निजी बोर्डिङ स्कूलले पनि पाउनु पर्नेमा हाम्रो जोड हो ।

हामीले विद्यार्थीहरुलाई सैद्धान्तिक विषय मात्र रटाउने होइन विद्यार्थीलाई व्यवहारिक, जनशक्ति निर्माण गर्ने, शिपमा आधारित शिक्षा दिँदै जाने हो ।

हाम्रो बच्चाहरु जुन सुकै वातावरण परिवर्तनलाई सामना गर्न सक्ने, घर अफिस मात्र होइन आवश्यक परेको खण्डमा देशको जुनसुकै क्षेत्रमा नेतृत्व गर्न सक्षम बनाउने हो । आज वडा अध्यक्षदेखि गाउँपालिका, नगरपारिकाल, प्रदेश सरकारदेखि केन्द्र सरकारसम्म सक्षम नेतृत्वको अभाव देखिएको छ । हामी समाजको नेतृत्व लिन सक्ने, कम्पनीको नेतृत्व लिन सक्ने, सरकारको नेतृत्व लिन सक्ने व्यक्ति निर्माण गर्न सक्छौं । विद्यालय, शिक्षालय भनेको असल नागरिक उत्पादन गर्ने कारखाना हो । त्यहाँबाट असल नागरिक उत्पादन हुनुपर्छ । त्यसतर्फ सबैले आ–आफ्ना क्षेत्रबाट सकारात्मक भूमिका खेल्नुपर्छ

नेपालय एजुकेशन फाउण्डेशनको भावी योजना के छन् ?

देश अहिले संघीयतामा गएको छ । भोलि संघीय सरकारले शिक्षालाई युनिभर्सीटीको कन्सेप्टमा लैजाला । त्यसको लागि एउटा टिम बनाएका छौं । परिआएको अवस्थामा युनिभर्सीटीको कन्सेप्टमा जान सकौं । स्कूलदेखि मास्टरसम्मका धेरै कार्यक्रमहरु ल्याउन पर्ने हुन्छ ।
हामी आफै कोर्षहरु डिजाइन गर्ने क्रममा छौं । निजी स्कूलहरुलाई पूर्वधारको समस्या हुँदाहुँदै पनि हामीसँग खेलमैदान, कक्षा कोठा, विज्ञानको प्रयोगात्मक, कम्प्युटरको प्रयोगशाला, सेमिनार हल, मोटिभेसन क्लास सबै छ । सम्पूर्ण कुराले सम्पन्न छौं । यी सबै तयार गर्न सकेकोमा हामी खुसी नै छौं ।