रामेछापको उमाकुण्डमा सनराइज बैंकको नयाँ शाखा

  २०७४ चैत २७ गते १५:५७     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले मंगलबार रामेछाप, उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्ती भण्डारमा नयाँ शाखा बिस्तार गरेको छ । बाम्तीभण्डार शाखाको उद्घाटन प्रतिनिधि सभाका सांसदद्वय जर्नादन शर्मा र श्यामकुमार श्रेष्ठ र बैंकका अध्यक्ष मोतीलाल दुगडले संयुक्त रुपमा गरेका थिए ।

हाल बैंकले मुलुकभर आफ्नो ८० वटा शाखा, ९४ वटा एटीएम, २० वटा शाखारहित बैंकिङ सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्वारा आधुनिक एंव सर्वसुलभ बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ तथा ईन्भेष्टमेन्ट बैकिङ कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिड समेत रहेको जानकारी गराएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.