कैलाश बैंकको नयाँ शाखा दमकमा, चाँडै तीन जिल्लामा खोल्दै

  २०७४ चैत २६ गते १८:०२     विकासन्युज

कैलाश विकास बैंक लिमिटेडले झापा जिल्लाको दमकमा आफ्नो ४७ औँ शाखा स्थापना गरि सोमवारदेखि कारोवार सन्चालनमा ल्याएकाे छ । उक्त शाखाको उद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले एक समारोहकाबीच गरेको जानाएको छ ।

उक्त नयाँ शाखासहित बैंकको शाखा संख्या ४७ पुगेका छ । एटीएमको संख्या २२ पुगेको छ । बैंकले निकट भविष्यमा बारा जिल्लाको गंजभवानीपुर, सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा समेत शाखा सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी गराएको छ ।

राष्ट्रिय स्तरको सो विकास बैंकको चुक्ता पूँजी रु.२ अर्व ५२ करोड रहेको छ । हालसम्म रु.२० अर्व ४ करोड निक्षेप संकलन गरी रु.१८ अर्ब १६ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।

बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाएल बैंकिङ, एसएमएस बैंकिङ, ईन्टरनेट बैंकिङ लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.