ग्लोबल आईएमई र नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ७० करोडको म्युचअल फण्ड बजारमा ल्याउदै

  २०७४ चैत २६ गते १७:४७     विकासन्युज

काठमाडौं । दुई वाणिज्य बैंकले १ अर्ब ७० करोड रुपैयाँ बराबरको १७ करोड एकाई सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्न लागेका छन् ।

ग्लोबल आईएमई बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड कित्ता ग्लोबल आईएमई व्यालेन्स फण्ड १ र नेपाल इन्भेष्टमेन्ट बैंकले ५० करोड रुपैयाँ बराबरको ५ करो एकाईको एनआईबीएल सहभागिता फण्ड निष्कासन गर्न लागेका छन् ।

म्युचअल फण्ड निष्कासन गर्न दुबै बैंकले धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बैंकको प्रस्तावको अध्ययन भइरहेको बोर्डले जानकारी दिएको छ । दुई कम्पनीले प्रति इकाई १० रुपैयाँका दरले कुल १७ करोड इकाई निष्कासन गर्ने प्रक्रिया अघि बढाएका हुन् । बोर्डले अनुमति दिए पश्चात बजारमा यी दुई कम्पनीले म्यूचल फण्डको बिक्री गर्ने छन् ।

ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ग्लोबल आइएमई क्यापिटल लिमिटेड र एनआइबिएल सहभागिता फण्ड एनआईबिएल क्यापिटल लिमिटेडले जारी गर्नेछन् ।

बैंकको ब्याजदर बढेको र ऋण पनि नपाउने अवस्था आएपछि ठुला लगानीकर्ताले लगानी गर्न नसक्दा एनआईसी एसिया बैंकले १ अर्ब रुपैयाँको एनआईसी एसिया ग्रोथ फण्ड बिक्री नभएपछि समय थप गरिएको थियो । यस्तै सिटिजन्स बैंकले ल्याएको १ अर्ब रुपैयाँको फण्ड पनि बिक्री भएन ।

चालु आर्थिक वर्षमा सिद्धार्थ इक्विटी फण्ड, सानिमा इक्विटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र सिटिजन म्यूचल फण्ड १ ले म्यूचल फण्ड निष्काशन गर्ने बोर्डको अनुमति पाई बिक्री पनि गरिसकेका छन् । बजारमा सिद्धार्थ इक्विटी फण्ड र सानिमा इक्विटी फण्डले बिक्रीमा ल्याएको म्यूचल फण्डको सजिलै बिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.