झारलाङ र रिगाँउ गाविसमा स्थानीय बाटो निर्माणको लागि ३ करोड ३१ लाख वितरण

  २०७४ चैत २३ गते १३:५६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रमको आयोजना र वेल्ट हङ्गर लाइफको सहकार्यमा चैत्र ११ देखि १८ गतेसम्म नगद वितरण कार्यक्रमको आयोजना गरेको थियो ।

विशेष गरि भुकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापतको कामका लागि नगद वितरण योजना अन्तर्गत नगद भुक्तानी गरिएको हो ।

धादिङ जिल्लाको झारलाङ र रिगाँउ गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरी बैंकले २ हजार ६५० परिवारलाई ३ करोड ३१ लाख १४ हजार वितरण गरेको छ ।

बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.