नेपाल इन्स्योरेन्सको हकप्रद धेरै, बोनस सेयर थोरै

  २०७४ चैत २२ गते १४:०६     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर थोरै हकप्रद सेयर धेरै भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई साढे ४ प्रतिशत अर्थात १ करोड ३६ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ ।

कम्पनीले चुक्तापुँजी बढाउन शत्प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । नेपाल इन्स्योरेन्सले ३० करोड १९ लाख ८८ हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गर्दैछ । हकप्रद निष्कासन पछि चुक्तापुँजी बढाउन पुनः ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

हकप्रद निष्कासनपछि चुक्तापुँजी १ अर्ब १ करोड रुपैयाँ पुग्ने छ । यस्तै बैशाख ७ गते कम्पनीको सेयर दाखिला बन्द हुने छ । ६९ औं साधारणसभा बैशाख २१ गते बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.