वाणिज्य बैंकको सेयर १०० रुपैयाँ नजिक, सबैभन्दा कम सिभिल र बढी नविलको, हेर्नुस कसको कति ?

  २०७४ चैत २० गते १०:४८     विकासन्युज

काठमाडौं । सेयर बजार घट्दै गएपछि वाणिज्य बैंकको सेयर मूल्य साधारण (आईपीओ) हारहारीमा आइपुग्न लागेको छ ।पछिल्लो समयमा सेयर बजारमा गिरवाट आएपछि बैंकको सेयर मूल्य घट्दै गएको छ ।

बैंकको सेयर मूल्य आईपीओको हारहारीमा आइपुग्ने देखिएको छ । केही दिन घट्दै गयो भने सिभिल बैंक, सेन्चुरी कमर्शियल बैंक, जनता बैंकको सेयर मूल्य १ सय भन्दा तल पुग्ने देखिएको छ । सेयर मूल्य धेरै घटेकाले बैंकको किन्ने बेला आएको लगानीकर्ताको भनाई छ ।

८ अर्ब रुपैयाँ पुँजी भएका बैंकको सेयर मूल्य धेरै कम छ । करोडमा पुँजी भएका लघुवित्तीय संस्था, बीमा कम्पनीको सेयर मूल्य बढी छ ।

सबैभन्दा सस्तो सेयर सिभिल बैंकको छ । सोमबारसम्म सिभिलको सेयर प्रतिकित्ता १४५, जनताको १५४ र सेन्चुरीको १६८ रुपैयाँ छ । बढी सेयर मूल्य नविल बैंकको छ । नविलको सोमबार ९४५ रुपैयाँमा कारोबार भएको छ । २ हजार भन्दा बढी सेयर मूल्य भएको स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य ८२० रुपैयाँमा झरेको छ ।

५ सयदेखि १ हजार नजिक सेयर मूल्य भएकामा नविल, स्ट्याण्डर्ड चाटर्ड, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक र हिमालयन बैंक रहेका छन् ।

अधिकाँश बैंकको सेयर मूल्य ५ सय भन्दा कम छ । ५०० रुपैयाँ भन्द कम सेयर मूल्य भएकामा नेपाल बैंकको ३०२, कृषि विकास बैंकको ३१४, बैंक अफ काठमाण्डुको ३१३, सिटिजन्स बैंकको २५५, ग्लोबल आइएमई बैंकको ३००, कुमारी बैंकको २३५, लक्ष्मी बैंकको २३०, माछापुच्छ्रे बैंकको २१७, मेगा बैंकको ४४९ मा छ ।

यस्तै नेपाल बंगलादेश बैंकको २२१, नेपाल क्रेडिट एन्ड कमर्श बैंकको २३०, एनआईसी एसियाको ३०८, एनएमबी बैंकको ४१३, प्रभु बैंकको २०८, प्राइम कमर्शियल बैंकको २७८, सानिमा बैंकको ३४४, सिद्धार्थ बैंकको २९९ र सनराइज बैंकको २३१ रुपैयाँ रहेको छ । सेयर बजार घट्दै गए बैंकको सेयर मूल्य अझै सस्तिने देखिएको छ ।  बोनस सेयर र हकप्रदले गर्दा अधिकाँश बैंकको सेयर मूल्य समायोजन भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.