सेयर लगानीकर्ता भन्छन् : बजार बढ्ने सकरात्मक संकेत

  २०७४ चैत १६ गते १९:३२     विकासन्युज

काठमाडौं । आगामी दिनमा सेयर बजार सकरात्मक रुपमा अघि बढ्ने संकेत मिलेको लगानीकर्ताले बताएका छन् ।  अर्थमन्त्री डा. युवराज खतिवडा पुँजीबजार प्रति सकरात्मक देखिएको भन्दै लगानीकर्ताले दीर्धकालमा यसको सकारात्मक असर देखिने प्रक्षेपण गरेका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २ वर्षअघि सेयरबजार सर्वाधिक रुपमा बढेर १ हजार ८८१ अंक पुगेको बताउदै उनले आगामी दिनमा बजार बढ्ने संकेत देखिएको बताए ।

विकास न्युजसंग कुरा गर्दै उनले सार्वजनिक गरिएको श्वेतपत्रमा अर्थमन्त्री डा. खतिवडा बजार घटेको प्रति चिन्तित देखिएको र सरकार यसप्रति सकरात्मक भएकाले आगामी दिन बजार बढ्ने छ । अर्कोतर्फ नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी बढाउन बैंकलाई विदेशबाट पनि लगानी ल्याउन अनुमति दिएकाले आगामी दिनमा तरलताको समस्या हटेर ब्याजदर कम भई सेयरमा लगानी बढ्ने उनको विश्वास छ । सेयर बजारको विष भनेको बढ्दो ब्याजदर भएको बताउदै उनले भने “विदेशबाट थप लगानी आएपछि ब्याजदर कम भई सेयरमा लगानीको वातावरण बन्ने संकेत देखिएको छ ।”

ब्याजदर बढेर १४ प्रतिशत पुग्दा सेयर बजारका अतिरित्त अन्य व्यवसाय संकटमा पर्न थालेको भन्दै उनले ब्याजदर घट्न थालेपछि सेयरमा लगानी बढ्ने उनको निष्कर्ष छ । अर्थमन्त्रीले सार्वजनिक गरेको श्वेतपत्रले पुँजीबजारको विकासका लागि दीर्धकालिन औषधीको खोजी गरेको उनको ठम्याइ छ ।

अर्थमन्त्री खतिवडाले ठुलो लगानी परिचालन गर्नका लागि संस्थागत र नीतिगत परिमार्जन आवश्यक भएको औल्याउदै उनले पुँजीबजारमा केही सुधारका काम थाल्ने संकेत समेत गरेका छन् ।

खतिवडाले अर्थतन्त्रमा साधन परिचालन गर्न पुँजी बजार सशक्त माध्यम भएपनि यस्तो बजार हाल धितोपत्रमा मात्र सीमित रहेको बताएका छन् । साथै उनले पुँजी बजारलाई ऋण बजारको रुपमा विकास गर्न नसकिएको स्वीकार पनि गरेका छन् ।

अर्थमन्त्रीले लगानीकर्ताको न्युनता, वित्तीय बजारमा लगानीयोग्य पुँजीको अभावले ब्याजदरमा भएको वृद्धि र सेयर आपूर्ति बढ्दा पुँजीबजार घटेको विश्लेषण गरेका छन् । पुँजीबजारमा पारदर्शिताको अभाव, साना लगानीकर्ताको सेयर सम्बन्धित ज्ञानको कमी, सही सूचनाको अभावले गर्दा सेयर बजार ओरालो लागेको खतिवडाको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.