विज्ञ अर्थमन्त्रीको ठहरः अर्थतन्त्रमा व्यापक अराजकता, बैंकको कर्जाले आर्थिक वृद्धि दरमा योगदान गरेन

  २०७४ चैत १६ गते १७:०९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रमा व्यापक अराजकता देखिएको ठहर गरेका छन् । अर्थतन्त्रको वर्तमान अवस्था समेटिएको श्वेत पत्र जारी गर्दै अर्थमन्त्री डा. खतिवडाले भनेका छन–श्रोतको अनिश्चितताबीच तयार पारिएको बजेट कार्यान्वयन हुन नसक्ने र गैर बजेटरी खर्च वृद्धि हुने प्रवृत्तिले सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपुर्ण बनेको छ । वित्तिय अनुशासनका सिमा निर्ममतापूर्वक तोडिएका छन् ।’

उनले बजेट अनुशासन उल्लंघन भएकाले सरकारी ढुकुटी रित्तो अवस्थामा पुगेको पनि बताए । विज्ञ अर्थमन्त्री डा. खतिवडाले बैंक तथा वित्तिय संस्थाहरुको पुँजी परिचालनले आर्थिक विकासमा सहयोग नगरेको आरोप पनि लगाए । अर्थमन्त्री डा. खतिवडाले  बैंक तथा वित्तिय क्षेत्रले लगानी गरेको कर्जाको छानविन गर्ने समय आएको पनि बताए ।

‘बैंकको कर्जाले अर्थतन्त्रमा राम्रो प्रभाव पारेन्, आर्थिक वृद्धिदरमा असर गरेनन्, अब बैंक तथा वित्तिय संस्थाहरुको कर्जालाई विवेकशिल ढंगले उपयोग गर्नु पर्छ, आर्थिक वृद्धिदर बढाउने मुल क्षेत्रमा कर्जा बढाउनु पर्छ’, डा. खतिवडाले श्वेतपत्र जारी गर्दै भने ।

उनले निजीकरणको अभ्यास मुलतः असफल भएको बताउँदै अध्ययन गरेर मात्रै सरकारी उद्योग तथा संस्थानहरुको व्यवस्थापन गर्ने पनि श्वेत पत्रमा लेखेका छन् । निजीकरण गरिएका उद्योग तथा संस्थानहरुले राजश्व संकलनमा कुनै योगदान गरेको पनि श्वेत पत्रमा लेखिएको छ ।

अर्थमन्त्री डा. खतिवडाले अनौपचारिक अर्थतन्त्र बढेकाले राजश्व संकलन समेत प्रभावित बनेको बताए । उदारीकरणका नाममा भन्सार दरबन्दीहरु घटाइएको तर आन्तरिक राजश्वको श्रोत खोज्न भने असफल भएको निष्कर्ष पनि निकालेका छन् । उनले कर प्रशासनले राजश्वको नयाँ श्रोत खोज्न कुनै कसरत नगरेको आरोप पनि श्वेत पत्रमा लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.