एशियन लाईफ इन्स्योरेन्सको हकप्रद बिक्रीको म्याद थप, वैशाख २ गतेसम्म भर्न पाइने

  २०७४ चैत १६ गते १३:०४     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले हकप्रद निष्कासनको म्याद १४ दिन थपेको छ । कम्पनीले हाल जारी गरिरहेको ५० प्रतिशत हकप्रद सेयर बिक्रीको म्याद आगामी वैशाख २ गतेसम्म थपको हो ।

यसअघि इन्स्योरेन्सले सो मात्राको सेयर गत फागुन १३ गतेदेखि चैत १८ गतेसम्म बिक्री गर्ने निर्णय गरेको थियो । तर कम्पनीको हकप्रद निष्कासनको प्रयोजनको लागि तयार गरिएको विवरणको दफा ‘र’ मा भएको व्यवस्था अनुसार कम्पनीले उक्त दिनसम्म म्याद थपेको इन्स्योरेन्सले जनाएको छ ।

कम्पनीले हाल २ बराबर १ को अनुपातमा अंकित मूल्य १०० रुपैयाँको दरले ४० लाख २७ हजार ९६६ कित्ता सेयर जारी गरिहेको छ ।

यसैअनुसार कम्पनीको माघ ७ गतेसम्म कायम साविक सेयरधनीहरुले बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत सो मात्राको सेयर भर्न पाउने छन् । उक्त सेयरको लागि इच्छुक सेयरधनीले अन्तिम म्याद वैशाख २ गते(बैंकिङ्ग समयभित्र भित्र) आवेदन दिन सक्नेछन्् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.