भ्रष्टचारीलाई कारबाही गर्न सहज, जो त्रसित छ अझ बढी त्रसित बन्नेछ– उद्योगमन्त्री यादव

  २०७४ फागुन २० गते १७:४०     विकासन्युज

काठमाडौं । मुलुकको समग्र आर्थिक विकास हासिल गर्न आवश्यक औद्योगिकरण, उपभोक्ताहरुको हीतको लागि माल–वस्तु सहज, सरल र नियमित आपूर्ति हुनु पर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले जोड दिए । उनले त्यसको लागि एकीकृत योजना बनाइ कार्यान्वयन गर्ने संकल्प गरे ।

‘आर्थिक क्षेत्रको तीव्र विकास एवं सुशासनको प्रत्याभूति प्रदान गर्न भ्रष्टाचारमा शुन्य सहनसिलता अपनाउने छु,’ उनले भने ‘जो भ्रष्टाचारमा लिप्त छ, ऊ त्रसित भएमा अझ बढी त्रसित बन्नेछ ।’ भ्रष्टाचारीलाई कारवाही गर्न वाम गठबन्धनका दुवै शीर्ष नेताहरुको सार्वजनिक वक्तव्य आइसकेको भन्दै उनले कारवाहीको लागि अझ सहज र सजिलो हुने जानकारी दिए । उनले आइतबार नेपाल उद्योग परिसंघका अध्यक्ष हरि भक्तशर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा भ्रष्टचारीलाई कारवाही गर्ने सम्बन्धमा जोड दिएका थिए । सरकार उद्यमी व्यवसायीसँग सहकार्य गर्न तत्पर रहेको र यसमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

सो अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले औद्योगिक क्षेत्रको विकास एवं उत्थानको लागि सरकारसँग सहकार्य गर्न निजी क्षेत्रले सरकारलाई अभिभावकको रुपमा हेरेको बताए । छिमेकी मुलुकले उद्योग, वाणिज्य र आपूर्ति व्यवस्थापन क्षेत्रमा गरेको तीव्रतर आर्थिक विकासबाट नेपालले पनि लाभ लिनु पर्नेमा उनको जोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.