मेलम्चीको सुरुङ खन्ने सिएमसी डी रेभेनाले तनहुँ जलविद्युतको बाँध बनाउने !

  २०७४ माघ २८ गते १३:२८     विकासन्युज

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर लामो सुरुङ खनिरहेको इटालीको सिएमसी डि रेभेनाले तनहुँ जलविद्युतको बाँध बनाउने पाउने देखिएको छ ।

लट १ अन्र्तगत आयोजनाको मुख्य बाँध तथा नदी फर्काउनका लागि अस्थायी (कफर) बाँध निर्माणका लागि सीएमसीले सबैभन्दा कम दर पेश गरेपछि ठेक्का पाउने संभावना बढेको हो । प्राविधिक प्रस्ताव मू्ल्याँकनपछि गत शुक्रबार खोलिएको वित्तीय प्रस्तावमा सीएमसीको सबैभन्दा कमदर देखिएको हो ।

सीएमसीपछि चाइना गेजुवा गु्रप लिमिटेड र जयप्रकास एसोसियट्स लिमिटेडले न्युन दर पेश गरेका छन् । सीएमसीले सस्तो दर प्रस्ताव गरेपनि उसको दरलाई आयोजना प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले तय गरेको अनुमानित लागत भन्दा बढी देखिएको छ । अनुमानित लागत बढी भएपछि पुनः बोलपत्र आब्हान हुने संभावना रहन्छ ।

वित्तीय प्रस्ताव खोल्दा सबैभन्दा सस्तो सीएसीको देखिएको तनहुँका प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके बताउछन् । “वित्तीय प्रस्ताव खोल्दा सबैभन्दा सस्तो सीएसीको देखिएको छ” उनले भने “त्यसको मूल्याँकन नगरी भन्न सकिन्न् ।” तनहुँले वित्तीय प्रस्तावको मूल्याँकन गरेर सहमतिका लागि एसियाली विकास बैंक (एडीबी) मा पठाउने उनले जानकारी दिए ।

यस्तै लट २ अन्र्तगत विद्युतगृह, सुरुङ निर्माणका अतिरित्त हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिको प्रस्तावको अध्ययन भइरहेको छ । गत अक्टुबरसम्म ठेक्का सम्झौता गरेर आयोजनास्थलमा ठेकेदार परिचालन गर्ने लक्ष्य थियो । ठेकेदार छनौटमा लामो समय लागेपछि यो कार्ययोजना प्रभावित भएको छ ।

यस्तै लट २ अन्र्तगत विद्युतगृह, सुरुङ निर्माणका अतिरित्त हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिका लागि बोलपत्र आब्हान गरेको छ । यसका लागि परेको प्रस्तावको मूल्याँकन भइरहेको छ ।

प्याकेज १ मा एसियाली विकास बैंक (एडीबी) र युरोपियन इन्भेष्टमेन्ट बैंक (इआईबी) को लगानी हुने छ । यस्तै प्याकेज २ मा विद्युतगृह, सुरुङ निर्माण तथा हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिका लागि जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को लगानी हुने छ ।

यस्तै लट ३ मा प्रसारणलाइन तथा सवस्टेशन निर्माण र १७ गाविसमा विद्युत्ीकरणको पुर्वाधार तयारीको योजना छ । आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । यसमध्ये एडीबीले १५ करोड, जाइकाको १८ करोड ४० लाख डलर, इआईबीले साढे ८ करोड र बाँकी ८ करोड ७० लाख डलर सरकार र नेपाल विद्युत प्राधिरकरणले लगानी गर्ने प्रारुप तयार गरिएको छ । आयोजना नेपाल विद्युत प्राधिकरणको सत्प्रतिशत स्वामित्वमा छ ।

विद्युत प्राधिकरणसंग विद्युत खरिदविक्रि सम्झौता (पीपीए) हुन बाँकी छ । सरकारले जलासय अर्धजलासय आयोजनाको पीपीए दर निर्धारण गरेको छ । आयोजनाबाट वार्षिक ५९ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

सरकारले तनहुँलाई विद्युत उत्पादन अनुमतिपत्र(लाइसेन्स) दिइसकेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली तनँहुको दमौलीबाट ३९ किलोमिटर लामो २२० केभी प्रसारणलाइनको निर्माण गरी भरतपुर पूयाइने छ । यस्तै आयोजनाले तनहँुका १८ गाविसमा विद्युतीकरणको पुर्वाधार पनि निर्माण गर्ने छ ।

जलासययुक्त आयोजना तनहँुले सुख्खायाममा पनि दैनिक ६ घण्टा पुर्ण क्षमतामा र बाँकी समय कम क्षमतामा विद्युत् उत्पादन गर्ने छ । सरसकारसंगको सम्झौताअनुसार आयोजनाको ठेक्का सम्झौतालगायत अन्य कामको जिम्मा लगानीकर्ता एडीबी र जाईकाले गर्ने छन् ।

यस्तै परामर्शदातामा जर्मनीको ल्याह्मेयर इन्टरनेश्नल छ । उसले १ वर्ष बोलपत्र तयारी, ६ वर्ष आयोजना निर्माण र ५ वर्ष सञ्चालन गरी १२ वर्षसम्म काम गर्ने छ । सुख्खायामको विद्युत् माग पुरा गर्न सरकारले तनहुँ आयोजना बनाउने तयारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.