हिमाल पावरको साढे ४९ करोड लाभांशले बीपीसीको नाफा ३५७ प्रतिशत बढ्यो

  २०७४ माघ २८ गते १०:२४     विकासन्युज

काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को चालु आर्थिक वर्षको ६ महिनामा नाफा ३५७ प्रतिशतले बढेको छ ।  बीपीसीले गत पुससम्म ५९ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ ।

गत आवको सोही अधिमा १३ करोड ९ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । हिमाल पावर लिमिटेडबाट गत आर्थिक वर्षमा गरेको नाफाबाट ४९ करोड ६० लाख रुपैयाँ लाभांश प्राप्त गरेपछि नाफा बढेको बीपीसीले जानकारी दिएको छ । ६० मेगावाटको खिम्ती  आयोजनामा बीपीसीको १७ प्रतिशत स्वामित्व छ ।

समीक्षा अवधिमा कम्पनीले हिमालबाट प्राप्त हुने लाभांश बाहेक आफैले सञ्चालन गरेका आयोजनाबाट उत्पादन भएको बिजुली बिक्री २ प्रतिशत बढेर ४० करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ४० करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ छ । संचित कोषमा २ अर्ब ८६ करोड रुपैयाँ वचत रहेको कम्पनीले जनाएको छ । बीपीसीले सहायक कम्पनीमार्फत ३७.६ मेगावाटको कावेली ए, ३० मेगावाटको न्यादी आयोजना निर्माण गरिरहेको छ ।

यस्तै चिनियाँ कम्पनीसंगको सहकार्यमा एससीआईजी इन्टरनेसन हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनीमार्फत १०० मेगावाटको तल्लो मनाङ मस्र्याङदी र २ सय मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजनाको सर्वैक्षण अनुमति पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.