एनआईसी एशिया बैंकद्धारा सी-आस्वा सेवा सञ्चालनमा, अनलाइनबाटै सेयर भर्न सकिने

  २०७४ माघ २४ गते १३:४२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बुधबारबाट सी-आस्वा (सेन्ट्रलाईजड एप्लिकेशन फर आश्वा बेस्ड इस्यूयन्स) सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्तर्गत ग्राहकहरुले बैंकबाट सी-आस्वा रजिष्ट्रेशन नम्बर लिई मेरो सेयर मार्फत आफै अनलाइन आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा अागामी फागुन ११ गतेबाट अनिवार्य रुपमा सी–आस्वा सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएकोमा उक्त प्रणाली मार्फत आवेदन दिँदा सी-आस्वा रजिष्ट्रेशन नम्बर अनिवार्य भएकोले ग्राहकहरुलाई समयमै सी–आस्वा रजिष्ट्रेशन नम्बर प्रदान गर्ने उद्देश्यले बैंकले आजबाट उक्त सेवा सञ्चालनमा ल्याएको हो । अब यस बैंकका ग्राहकहरुले बैंकको १६८ वटै शाखाहरुबाट सहज रुपमा सी-आस्वा रजिष्ट्रेशन नम्बर लिई सी-आस्वा प्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन दिन बैंकले जनाएको छ ।

यसैगरि, अनलाइन आवेदन दिन नसक्ने लगानीकर्ताको हकमा बैंकको कुनैपनि शाखामा गई सी आस्वा फारम भरि आवेदन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखि सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.