८ वटा नयाँ जीवन बीमा कम्पनीको प्रीमियम ६७ करोड, कसको बजार कति ?

  २०७४ माघ २४ गते १३:०९     नारायण पौडेल

काठमाडौं । लाइसेन्स लिएर धमाधम बजार विस्तार गरिरहेका नयाँ जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्मको वित्तिय विवरण पेश गरेका छन् । ती कम्पनीहरुले सेवा आरम्भ गरेदेखि पुस मसान्त अवधीमा ६७ करोड ८७ लाख ६ हजार प्रीमियम संकलन गरेका हुन् । कम्पनीहरुले हालसम्म जम्मा ७२ हजार १ सय १९ वटा बीमा गराएका छन् ।


बीमा समितिमा पेश गरेको विवरण अनुसार युनियन लाइफ आक्रामक बजारीकरणमा लागेको छ भने आईएमई, सन नेपाल, रिलायबल, सिटिजन लगायतका कम्पनीले पछ्याईरहेका छन् । युनियन लाइफले पुस मसान्त अवधीमा २५ करोड ३८ लाख रुपैंयाँ प्रिमियम संकलन गरेको छ भने आइएमई लाइफले ११ करोड ४९ लाख प्रिमियम संकलन गरेको देखिन्छ ।

त्यस्तै, सन नेपाल लाइफले पनि १० करोड २७ लाख रुपैंयाँ प्रीमियम संकलन गरिसकेको छ । रिलायबलले ९ करोड २८ लाख प्रीमियम संकलन गर्दा सिटिजनले ७ करोड ६१ लाख प्रीमियम संकलन गरेको छ ।  सानिमा लाइफले भने जम्मा १६ लाख ३२ हजार रुपैंयाँ मात्रै प्रीमियम संकलन गर्न सफल भएको छ । सानिमाले म्यादी जीवन बीमा गराएको छैन् भने शाखा सञ्जाल पनि हालसम्म विस्तार गरेको छैन् ।

युनियन लाइफले देशभर ३६ वटा शाखा सञ्जाल विस्तार गरिसकेको छ भने आईएमईले ४० वटा र ज्योती लाइफले ३८ वटा शाखा विस्तार गरेका छन् । सिटिजनले २५ वटा शाखा खोल्दा रिलायबलले पनि २४ वटा शाखा पुर्याएको छ । करिब ३५ हजार पोलिसी बेचेपछि मात्रै बीमा कम्पनीहरु नाफा घाटा बराबरको अवस्थामा आईपुग्ने बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.