१० लाखको शर्त मानेसँगै अदुवाको अबरोध हट्यो, मंगलबार मात्रै ३६४ टन भारत निकासी

  २०७४ माघ २३ गते २०:०३     पृथराज थेगिम

काठमाडौं। भारतले शुक्रबारदेखि तेस्र्याएको १० लाख भारूको शर्त आयातकर्ताले मानेसँगै अदुवाको अबरोध हटेको छ । मंगलबारदेखि झापाको काँकडभिट्टाबाट अदुवा निर्यात सुरु भएको हो ।

शुक्रबार नेपालको अदुवा खरिद गर्ने भारतीय व्यापारीले त्यहाँको भन्सारमा १० लाख भारु जम्मा गरेपछि मात्र नेपाली अदुवा निर्यात गर्न पाउने शर्त भारत सरकारले अघि सारेको थियो ।

नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका कार्यबाहक अध्यक्ष तोम राजबंशीले मंगलबारदेखि भारततर्फ अदुवा निकासी हुन थालेको जानकारी दिए ।

उनले दिउसो १२ बजेदेखि निकासी सुरु भएको बताए । ‘मंगलबार २६ ट्रक अदुवा बोकेको गाडी भारत पास भइसकेको छ,’ उनले भने ‘यद्यपि उक्त शर्त अनुसार ३ महिना मात्र भारतीय सरकारले निकासीको सुबिधा दिएको  बताएको छ ।’ हाल अदुवाको सिजन भएकोले दैनिक मात्रामा अदुवाको निकासा हुने उनको भनाइ छ।

व्यवसायीहरुका अनुसार एउटा ट्रकमा करिब १४ टन अदुवा अट्छ । जसअनुसार २६ ओटा ट्रकमार्फत ३६४ टन अदुवा निकासी भएको छ । उक्त परिमाण अनुसार करिब ९१ लाख रुपैयाँ बराबरको अदुवाको निकासी मंगलबार भएको  छ ।

संघका अनुसार गएको दुई हप्तादेखि भारतले अदुवा निर्यातमा अबरोध गरेको थियो । नेपालबाट भारतमा अदुवा आयात गर्न भातरको बाणिज्य मन्त्रालयसँग त्यहाँका आयाकर्ताले कोटा लिन पर्ने कानुन बनेसंगै निर्यातमा अबरोध देखिएको हो ।

संघकाले अझै १२४ ट्रकको हाराहारीमा अदुवा अलपत्र अवस्थामा रहेको जनाएको छ  । जसमध्ये २५ देखि ३० ट्रक बिग्रिसकेको छ । मुलुकभर अहिले करिब ६ हजार ट्रक अदुवा निकासीको पर्खाइमा रहेको संघको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.