अजेय सुमार्गीले मुद्दा जिते, नेपाल स्याटलाइट र मुक्तिश्री सिमेन्टमा २ अर्ब लगानी गर्ने

  २०७४ माघ २३ गते १७:४२     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले अजेयराज सुमार्गीको सवा २ अर्ब रुपैयाँ दिन आदेश दिएको छ ।

न्यायाधीश तेजबहादुर केसीको इजलासले मंगलबार रकम दिन नेपाल राष्ट्र बैंकलाई आदेश दिएको हो ।

सर्वोच्चले व्यवसायी सुमार्गीले रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा असर नपर्ने गरी चाहेको बेला रकम निकाल्न दिन अन्तरिम आदेश दिएको हो ।

सुमार्गीले राष्ट्र बैंकले गरेको नेपाल स्याटेलाइट टेलिकमको रोक्का फुकुवाको माग गर्दै आइतबार सर्वोच्च गएका थिए । सुमार्गीको पैसा राष्ट्र बैंकमा रोकिदा टेलिकम र सिमेन्टमा लगानी गर्न नपाउदा उनले दैनिक २८ लाख रुपैयाँ ब्याज नोक्सान व्योहर्दै आएका थिए ।

आदेशमा भनिएको छ, “बैंकले रकम रोक्नुको कानुनी कारण पारदर्शी रुपमा देखिन आएन, रोकी राख्नुपर्ने देखिएन, पैसा विदेश लैजान नपाउने गरी सम्पत्ति शुद्धीकरणलगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको समयमा पैसा निकाल्न दिन अन्तरिम आदेश जारी गरिएको छ ।”

अदालतले आगामी फागुन २ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेशसमेत गरेको छ । बैंकले पैसा रोक्का गर्दा उद्योगलाई क्षति पुगेकाले फुकुवाको माग गर्दै नेपाल स्याटलाइट टेलिकम कम्पनी प्रालिका तर्फबाट सुमार्गी र सुवासचन्द्र पौडेलले आइतवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.