राष्ट्र बैंकले निक्षेप लिन बोलायो, बैंक तथा वित्तीय संस्थालाई १ अर्ब ९२ करोड दिदै

  २०७४ माघ १५ गते १५:२५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफनो विभिन्न कोषहरुमा रहेको झण्डै २ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई दिने भएको छ । केन्द्रीय बैंकले १ अर्ब ९१ लाख ९९ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि मुद्धतिमा लगानी गर्न लागेको हो ।

केन्द्रीय बैंकले फागन २ गतेदेखि माघ २९ गतेसम्मका लागि बैंक तथा वित्तीय संस्थाको मुद्धति निक्षेपमा राख्ने भएको हो । जसअनुसार वाणिज्य बैंकले १ अर्ब ५३ करोड ५९ लाख, विकास बैंकले २८ करोड ८० लाख र वित्त कम्पनीहरुले ९ करोड ६० लाख रुपैयाँ पाउने भएका छन् ।

सो रकम लिनका लागि आउदो शुक्रबार आफुले दिने ब्याजदर समेत खुलाई बोलपत्र पेश गर्न राष्ट्र बैंकले भनेको छ । मुद्धति निक्षेप लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ बर्ष पुरा गरेको, न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनु पर्ने केन्द्रीय बैंकको शर्त छ ।
यस्तै कर्जा÷स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको, अघिल्लो आवमा सञ्चालन नाफामा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरीवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको र सीघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पुरा भएका र सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरीसकेको हुनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.