हिमालयन बैंकको नाफा एक अर्ब १० करोड

  २०७४ माघ १५ गते ११:०२     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले एक अर्ब १० करोड नाफा कमाएको छ । बैंकले २०७४ पुस मसान्तसम्ममा ८ करोडले नाफा बढाएको हो । २०७४ पुस मसान्त अवधीमा एक अर्ब २ करोड नाफा गरेको थियो ।

हिमालयन बैंकले ९२ अर्ब निक्षेप संकलन गरेर ८२ अर्ब कर्जा लगानी गरेको छ । बैंकले ४ अर्ब ५० करोड ब्याज आम्दानी गर्दा २ अर्ब ६३ करोड ब्याज खर्च गरेको छ । बैंकको सीडी रेसियो भने ७९.३० प्रतिशत पुगिसकेको छ ।

०.९४ प्रतिशतबाट १.३२ प्रतिशत खराब कर्जा पुगेको बैंकले २८ करोड प्रोभिजन गरेको छ भने २७ करोड रुपैंयाँ राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ ।
८ अर्ब ११ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ६९ करोड रुपैंयाँ रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी २७.२६ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १५७.८८ रुपैंयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.