सनराइज बैंकको नाफा २ करोडले घट्यो

  २०७४ माघ १५ गते १०:१४     विकासन्युज

काठमाडौं । सनराइज बैंकको नाफा २ करोड २२ लाख रुपैंयाँ घटेको छ । बैंकले चालु आवको पुस मसान्तसम्ममा जम्मा ५८ करोड ७५ लाख मात्रै नाफा कमाउन सफल भएको छ । जबकी गत आवको सोही अवधीमा बैंकले ६० करोेड ९७ लाख नाफा आर्जन गरेको थियो ।

६३ अर्ब निक्षेप संकलन गरेको बैंकले ५६ अर्ब कर्जा लगानी गर्दा सिडी रेसियो ७८.६४ प्रतिशत पुगेको छ । बैंकले ३ अर्ब ५७ करोड ब्याज आम्दानी गर्दा २ अर्ब २८ करोड ब्याज खर्च गरेको देखिन्छ । ८ अर्ब १५ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १३ करोड रुपैंयाँ मात्रै रहेको छ ।

खराब बर्जा वापत २३ करोड प्रोभिजन गरेको बैंकले २३ करोड नै राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ । सनराईज बैंकको खराब कर्जा १.६५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १४.४१ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १२५.७७ रुपैंयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.