ओम डेभलपमेन्ट बैंकको नाफा घट्यो

  २०७४ माघ १० गते ९:१९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ओम डेभलपमेन्ट बैंकको नाफा घटेको छ । गत पुससम्म बैंकले १५ करोड रुपैयाँ मात्र खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले १९ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले बुधबार चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा घटेको जानकारी दिएको हो ।

तरलता कसिलो हुदा थप लगानी गर्न नसकेको र निक्षेपको लागत बढेका कारण नाफा घटेको बैंकले जनाएको छ । बैंकको निष्क्रिय कर्जा १.१७, निक्षेप लागत ८.४०, सीडी रेसियो ७६.४७, आधार ब्याजदर ११.४७ र स्प्रेड दर ४.८३ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप बढेर १७ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा निक्षेप १२ अर्ब ९९ करोड रुपैयाँ थियो ।
यस्तै कर्जा लगानी पनि विस्तार भएको छ । बैंकले १५ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आवको सोही अवधिमा कर्जा लगानी ११ अर्ब ३४ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर ९१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । चुक्तापुँजी २ अर्ब १३ करोड रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.