२०७४ माघ ५ गते ९:१८ विकासन्युज
काठमाडौं । एनआईडीसी डेभलपमेन्ट बैंकलाई गाभ्न राष्ट्रिय वाणिज्य बैंकले माघ २० गते विशेष साधारणसभा बोलाएको छ । मर्जरका लागि दुबै बैंकले सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) १ बराबर १ अनुपात हुने सहमति गरेका छन् ।
स्वाप रेसियो सभाले पारित गर्ने छ । दुबै बैंक गाभिने प्रयोजनका लागि खुदसम्पत्ति मूल्याँकनका लागि मूल्याँकनकर्ताको नियुक्ति गर्ने प्रस्ताव पारित गर्ने कार्यसुचि रहेको छ ।
एनआईडीसीले पनि राष्ट्रिय वाणिज्यसंग गाभिन विशेष साधारणसभा बोलाइसकेको छ । दुबैं बैंकले माघ १ गतेदेखि एकिकृत बैंकिङ कारोबार गर्ने गत भदौ १२ गते सम्झौता भएको थियो । गाभ्ने प्रक्रियाका लागि विशेष साधारणसभा बोलाएकाले ढिलाइ हुन गएको छ ।
बाणिज्य बैकले ३० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भनेपनि हालसम्म प्रक्रिया अघि बढेको छैन् । तत्तकाल वाणिज्य बैंकको आईपीओ निआउने भएको छ । ०७३ माघ १४ गतेको मन्त्रीपरिषद बैठकले एनआईडिसिलाई वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकको चुक्तापुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ । एनआईडीसीको ४१ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी छ ।
दुबै बैंकको गाभिएपछि पूँजी ९ अर्ब रुपैयाँ पुग्ने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.