लगानीकर्तालाई एनआईडीसी डेभलपमेन्ट बैंकले प्रतिसेयर ४४८४ फिर्ता दिने

  २०७४ माघ ४ गते १०:०९     विकासन्युज

काठमाडौं । सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा चित्त नबुझने लगानीकर्तालाई एनआईडीसी डेभलपमेन्ट बैंकले रकम फिर्ता दिने भएको छ ।

स्वाप रेसियोमा चित्त नबुझेका लगानीकर्तालाई एनआईडीसीले प्रतिकित्ता ४ हजार ४८४ रुपैयाँ फिर्ता दिने भएका हो । सम्पत्ति तथा जायजेथा मूल्याँकनअनुसार हाल कायम भएको मूल्यमा सो रकम पाउने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकमा गाभिन एनआईडीसीले १ बराबर १ अनुपातमा स्वाप रेसियो कायम गरिएको छ । कतिपय लगानीकर्ताले त्यसमा असन्तुष्ठि जनाएपछि रकम फिर्ता दिने निर्णय गरिएको एनआईडीसीले जनाएको छ ।

वाणिज्य बैंकसंग गाभिन एनआईडीसीले माघ १९ गते विशेष साधारणसभा बोलाएको छ । सभाले यसअघि वाणिज्य बैंकसंग भएको स्वाप रेसियो र अन्तिम सम्झौता अनुमोदन गर्ने भएको छ । दुबै बैंक एकआपसमा गाभिनका लागि मूल्याँकनकर्ता नियुक्त गर्ने प्रस्ताव पारित गर्ने कार्यसुची रहेको बैंकले जनाएको छ ।

गत भदौमा दुई बैंक एकआपसमा गाभिने विषयमा सम्झौता भएको थियो । दुबै बैंक गाभिएर माघ १ गतेदेखि एकिकृत बैंकिङ कारोबार सुरु गर्ने भनेपनि ढिलाइ हुन गएको छ । यसअघि नेपाल औद्योगिक विकास निगम रहेकोमा पछि यसलाई एनआईडीसी डेभलपमेन्ट बैंक बनाइएको हो ।

बाणिज्य बैकले ३० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भनेपनि हालसम्म प्रक्रिया अघि बढेको छैन् । तत्तकाल वाणिज्य बैंकको आईपीओ निआउने भएको छ । ०७३ माघ १४ गतेको मन्त्रीपरिषद बैठकले एनआईडिसिलाई वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकको चुक्तापुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ । एनआईडीसीको ४१ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी छ ।
दुबै बैंकको गाभिएपछि पूँजी ९ अर्ब रुपैयाँ पुग्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.