जेबिल्स फाइनान्सको ३ लाख ७२ हजार कित्ता हकप्रद सेयर लिलाम हुदै, माघ १४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन

  २०७४ पुष ३० गते ८:३७     विकासन्युज

काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको हकप्रद सेयर लिलाम गर्ने भएको छ ।

फाइनान्सले कुल ३ लाख ७२ हजार ४२७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

जसअनुसार संस्थापक समूहतर्फ २ लाख ९८ हजार २०६ र सर्वसाधारण समूहको ७४ हजार २२० कित्ता हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो ।

हकप्रद खरिदका लागि माघ १४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन तोकिएको छ ।

चुक्तापुँजी बढाउन जेविल्सले असोज १ गतेदेखि कात्तिक २० गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा आवेदन नपरेपछि फाइनान्सले लिलामी गर्न लागेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.