शनिबार विदाको दिन पनि बैंक खुल्ने

  २०७४ पुष २६ गते १६:५९     विकासन्युज

काठमाडौं । आउदो शनिबार सार्वजनिक विदाको दिन पनि बैंक खुल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गरी आउदो पुस २९ गते एक दिन विदाको दिन पनि खुला गर्न बैंक तथा वित्तीय संस्था र नेपाल क्लियिरिङ हाउस लिमिटेडलाई भनेको हो ।

आउदो शनिबार बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालय, राजश्व कार्यलय राजश्व संकलनका लागि खुला हुने राष्ट्र बैंकले जनाएको छ ।

वर्षैभरी असोज, पुस, चैत र असार २५ गतेपछि शनिबार पर्न गएमा सो दिन बैंक तथा वित्तीय संस्था र क्लियरिङ हाउस खुला गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.