एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १०%ले घट्यो, लगानीकर्ताले एकैदिन २४३ रुपैयाँ गुमाए

  २०७४ पुष २५ गते १५:२८     विकासन्युज

काठमाडौं । चुक्ता पुँजी बढाउन ६ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नपाउने भएपछि एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य घटेको छ ।

मंगलबार एभरेष्टका लगानीकर्ताले प्रतिकित्ता २४३ रुपैयाँ गुमाएका छन् । एभरेष्टको सेयर मूल्य १० प्रतिशत घटेको छ ।

सोमबार एभरेष्टको सेयर मूल्य २ हजार ४३३ रुपैयाँ थियो । मंगलबार घटेर २ हजार १९० रुपैयाँ भएको छ ।

लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएपछि एभरेष्टको सेयर मूल्य एकै दिन १० प्रतिशत घटेको हो ।

एकै दिनमा १० प्रतिशत भन्दा बढी सेयर मूल्य घट्न पाउदैन् । संस्थापक सेयर कारोबार(खरिद बिक्री) गर्ने सम्बन्धमा समितिको निर्देशन २०६६ अनुसार संस्थापक र साधारण सेयरको संरचना ५१ः४९ बनाउनुपर्ने भएपछि लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका हुन् ।

हाल सबै साधारण सेयरधनी रहेका एभरेष्ट इन्स्योरेन्सले गत असार २३ गतेको १८ औँ, १९ औँ, २० औँ, २१ औँ तथा २२ औँ वार्षिक साधारणसभा गरी २० प्रतिशत बोनस सेयर र ६ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।

संस्थापक सेयरलाई साधारण बनाउने व्यवस्था भएपनि हालसम्म साधारण सेयरलाई संस्थापक बनाउने व्यवस्था छैन् । कम्पनीमा नयाँ लगानीकर्तालाई संस्थापक सेयरधनीका रुपमा प्रवेश गराउनै पर्ने बाध्यात्मक अवस्था सृजना भएपछि कम्पनीका लगानीकर्ताले पूर्व घोषित ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका हुन् ।

धितोपत्र बोर्ड पनि भदौ २३ गते नै आवेदन दिएको कम्पनीको हकप्रद सेयर निष्काशन सम्बन्धी प्रस्तावलाई अझै स्वीकृत दिएको छैन् । कम्पनीले साधारण सभाको निर्णय अनुसार भदौ २३ गते ७२ करोड ९० लाख मूल्यको हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.