अब ल्याण्डलाइन फोन पनि प्रिपेड सिस्टममा, पैसा सुरुमै नतिरे लाइन काटिने

  २०७४ पुष २३ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको ल्याण्डलाइन फोन पनि अब प्रीपेड मोबाइल कै सिस्टममा सञ्चालन हुने भएको छ । टेलिकमले ल्याण्डलाइन फोनलाई रियलटाइम विलिङ सिस्टममा रुपान्तरण गरेर प्रीपेड मोबाइल जस्तै बनाउन लागेको हो । ‘अब सुरुमै पैसा तिर्नु पर्छ र जति पैसा तिरिएको हो त्यति बराबर कल गरिसकेपछि फोन आफैं काटिन्छ’, टेलिकमका चिफ कर्पाेरेट अफिसर प्रदिप उपाध्यायले भने ।

उनका अनुसार अब ग्राहकहरुले आफ्ना टेलिफोनको बक्यौता रकम तिरेर थप रकम जम्मा गर्नुपर्नेछ । ग्राहकले आफुले जम्मा गरेको रकम बराबर फोन गर्न पाउँनेछन र रकम सकिएपछि सेवा स्वतः अवरुद्ध हुनेछ । ल्याण्डलाइन फोनको प्रभावकारीता र राजश्व संकलनलाई नयाँ ढंगले अघि बढाउन रियल टाइम विलिङ सिस्टम अघि सारिएको हो ।

पुसको अन्तिम साताबाट टेलिकमले ल्याण्डलाइन फोनलाई नयाँ बिलिङ प्रणालीबाट सञ्चालन गर्न लागेको छ । अब फोन गर्ने वित्तिकै कति रुपैंयाँ बिल उठ्यो भन्ने समेत जानकारी पाइनेछ । हाल देशभर टेलिकमका ६ लाख ल्याण्डलाइन फोनका ग्राहक रहेका छन् । टेलिकमले ल्याण्डलाइन सेवालाई लागत बढि भएको तर आय न्युन भएको सेवाका रुपमा लिँदै आएको छ । टेलिकममो अत्याधिक श्रोत र साधन यहि सेवामा खर्च भैरहेको छ तर आय भने अत्यन्तै न्युन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.