शनिबारदेखि बिराटनगरको हाटखोलामा एनसेल मेला

  २०७४ पुष १४ गते १७:५०     विकासन्युज

काठमाडौं । एनसेल प्रालिले आफ्ना ग्राहकसँग खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदानगर्न बिराटनगरको हाटखोलामा ‘एनसेल मेला २०७४’ को आयोजना गर्ने भएको छ ।

गतसाता पोखरामा गरेपछि एनसेलले शनिबार हाटखोलामा मेला आयोजना गर्न लागेको हो । पोखरेलीदर्शक र पर्यटकहरुको मन जित्न सफल यो मेलाले विराटनगरमा पनि भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास लिईएको छ ।

बिहान ११ बजे शुरु हुने विविध मनोरञ्जनात्मक कार्यक्रमले मेलामा दर्शकले विविध कार्यक्रम तथा गतिविधि र कन्सर्टको मजा लिन सक्ने एनसेलले जनाएको छ ।

मेलामा विभिन्न गेम्स् लगायत सबै मनोरञ्जनात्मक गतिविधी फोरजी थिममाआधारित हुनेछन् । दर्शकहरुले चर्चित गायक तथा सांगीतिक समुहको प्रस्तुतिबाट आनन्द लिन सक्नेछन् ।

मेलामा कलाकारहरु शिव परियार, आशिष राना (लाउरे), सांगीतिक समुहमा कबवेभ र द एजले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीले पनि मेलामा सहभागिता रहनेछ । साँझ ६ः३० बजेसम्म चल्ने मेलामा प्रवेश निःशुल्क गरिएको एनसेलले जानकारी दिएको छ ।

आगन्तुकले मेलामा, देशको १९ शहरमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि जानकारी लिनुका साथै एनसेल फोरजी जोनमा फोरजी इन्टरनेट चलाएर परीक्षण पनि गर्न सक्नेछन् । दर्शकले मेलामा नै आवश्यक कागजात बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.