पोखरा फाइनान्सको हकप्रद सेयर पुस ३० गतेदेखि बिक्री खुला

  २०७४ पुष १२ गते ९:०४     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले पुस ३० गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

फाइनान्सले चुक्तापुँजी बढाउन १ बराबर ०.१५ अनुपातमा ९ करोड ८३ लाख ६८ हजार रुपैयाँ बराबरको ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासनपछि चुक्तापुँजी बढेर ७५ करोड ४१ लाख रुपैयाँ पुग्ने छ । हकप्रद निष्कासन बन्द फागन ६ गते हुने फाइनान्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.