एशियन लाईफ इन्स्योरेन्सको जीवन बीमा सार्वजनिक, साढे १ लाखकाे बीमा गर्न सकिने

  २०७४ पुष ६ गते १३:२८     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा योजना अन्तर्गत “जन कल्याण”(म्यादी लघु जीवन बिमा योजना) सार्वजनिक गरेको छ । कम्पनीले जीवन बीमा सुविधाबाट लाभान्वित हुन चाहने न्यून आय भएका ग्राहकलाई लक्षित गरी बिहीबार(आज)देखि उक्त योजना सार्वजनिक गरेको हो ।

यस योजनाले सर्वसाधारणमा न्यून बचतबाट पनि बीमा गरेर आफू र आफ्नो परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ । यस योजना अन्तर्गत बीमितले दैनिक १ रुपैयाँ भन्दा पनि कम बचत गरेर अर्थात् वार्षिक २२३ रुपैयाँ भुक्तान गरी १ लाख ५० हजार रुपैयाँसम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

न्युनतम १६ वर्षदेखि अधिकतम ६४ वर्षसम्मका मानिसले बीमा गर्न सक्नेछन् । उक्त बिमा शुल्क अवधी नियमित बीमाशुल्क भुक्तानीमा ५ देखि १५ वर्ष र एकल बीमाशुल्क भुक्तानीमा १ देखि १५ वर्षसम्म रहेको छ ।

बीमा अवधीभित्र जुनसुकै कारणबाट बीमितको मृत्यु भएमा इच्छ्याएको व्यक्तिलाई क्षतिपूर्तीवापत १ लाख ५० हजार रुपैयाँ र दाह संस्कार खर्च वापत १० हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, दुर्घटनामा परी बीमित पूर्ण अशक्त वा अंगभंग भएमा तोकिएको रकम क्षतिपूर्ती स्वरुप प्रदान गरिनेछ ।

त्यस्तै, नियमित तथा एकल बीमाशुल्क भुक्तानीको विकल्प रोज्न सकिने र ऐच्छिक सुविधा स्वरुप दोहोरो दुर्घटना लाभ एडीबीको व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.