‘होण्डा ह्विल अफ फरट्युन २’को विजेताले पाए एकदेखि १० लाखसम्मको नगद पुरस्कार

  २०७४ मंसिर १८ गते १७:०३     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले दशैं तथा तिहार स्किम “होण्डा ह्विल अफ फरट्युन २” को विजेताहरु घोषणा गरेको छ । सोमबार सम्पन्न एक इभेन्टमा लक्की ड्र मार्फत १० जना भाग्यशाली विजेताहरुले ह्विललाई घुमाएर लाखौंको नगद पुरस्कार प्राप्त गरेका छन् ।

बम्परमा सोहि कुपनबाट लक्की ड्र अन्तर्गत ह्विल अफ फरट्युन २मा सहभागी भई ह्विललाई घुमाएर चन्द्र कोइरालाले १० लाख रुपैयाँ, रमिला खत्रीले ४ लाख रुपैयाँ जितेका छन् । त्यसैगरी, प्रत्युस श्रेष्ठ, बिनोद महर्जन, देवकुमार श्रेष्ठ, बाबुराजा महर्जन, राम कृष्ण श्रेष्ठ र रोजिना शाक्यले १ लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।

यसका साथै, स्याकार ट्रेडिङ्ग कम्पनीले शिवराज सुबेदीलाई क्यान्सरद्धारा पीडित आफ्नो आमाको उपचारका लागि थप १ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो ।

साथै, कम्पनीले अगामी दिनहरुमा यस्तै रोचक अफर र सेवाहरु ग्राहकहरु माझ ल्याउने लक्ष्य कम्पनीले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.