हिमालयन बैंकमा सञ्चालक विवादको अन्त्य, साधारणसभा गर्न बाटो खुल्यो

  २०७४ मंसिर १४ गते १३:२१     विकासन्युज

काठमाडौं । हिमालन बैंकमा सञ्चालकको विषयमा देखिएको विवाद समाधान भएको छ । उच्च अदालत पाटनले सञ्चालक समितिमा म्युचल ट्रेडिङ कम्पनीलाई पनि प्रवेश दिनुपर्ने पक्षमा फैसला गरेपछि विवाद समधान भएको हो ।

विवाद समधान भएपछि बैंकलाई साधारणसभा गर्नका लागि बाटो खुला भएको छ । उच्च अदालतले संस्थापक म्युचल ट्रेडिङलाई प्रतिनिधित्व गराउनुपर्ने नैतिक दायित्व रहेको ठहर गर्दै साधारणसभा गर्न आदेश पनि दिएको छ ।

बैंकमा आफ्नो ठुलो हिस्सा सेयर भएको भन्दै प्रतिनिधित्व पाउनका लागि म्युचल ट्रेडिङकातर्फबाट पीपी खेतानले उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए । बुधबार अदालतले बैंक सञ्चालक समिति तथा म्युचुअल ट्रेडिगं कम्पनीका प्रतिनिधिलाई उपस्थित गराई छलफल गरेको थियो । बैंकमा म्युचल ट्रेडिङको ११.८५ प्रतिशत स्वामित्व छ ।

साधारण सभाको प्रकृया अघि बढिसकेको सन्दर्भमा अदालतले केही निर्णय गर्नु नपर्ने भन्दै सोही तालिका अनुसार साधारणसभा सम्पन्न गर्न अदालतले बैंकलाई आदेश दिएको छ । बैंक तथा वित्तीय संस्था ऐन (वाफिया) मा संस्थाको सेयर संरचनाअनुसार संस्थापक लगानीकर्ता, साधारणको संख्या घटाएपछि समस्या आएको छ ।

बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । यस्तै बैंकले सञ्चालक समितिमा नयाँ नेतृत्व चयन हुने छ । बैंकको चुक्ता पूँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनसपछि बैंकको पूँजी ८ अर्ब ११ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.