एप्पलले ‘पट्याउन मिल्ने’ आइफोन ल्याउने भो ! प्याटेन्टका लागि दियो आवेदन

  २०७४ मंसिर १० गते १२:४५     एजेन्सी

एप्पलको फोल्ड गर्न मिल्ने (पट्याउन मिल्ने) आइफोनको बारेमा सुन्न भएकै होला । यसअघि एप्पल र एलजि मिलेर फोल्डेबल आइफोन बनाउने हल्ला पनि चलको थियो । तर, यी हल्लाहरुलाई चिर्दै एप्पलले अमेरिकाको प्याटेन्ट एण्ड ट्रेड अफिसमा फोल्डेबल आइफोनको सम्बन्धमा आवेदन दिएको छ ।

एप्पलले अहिले प्याटेन्टका लागि मात्र आवदेन दिएको छ । यसको नामको बारेमा भने कुनै जानकारी आएको छैन । एप्पलको नयाँ आइफोन किताब जसरी नै खोल्ने र बन्द गर्न मिल्ने हुनेछ ।

प्याटेन्टले आवेदनमा राखेको डिजाइन अनुसार नयाँ आउने आइफोनमा दुई आइफोनहरुलाई एकैसाथ मिलाएको जस्तो भान हुनेछ । फोल्डेबल आईफोनमा फोल्डेबल डिस्प्लेको सिंगल सिट हुनेछ । यो प्याटेन्टमा डिस्प्ले, एलसीडी, माइक्रोएलइडी लगायत सबै फिचर्सका लागि आवेदन दिएको हो ।

फोल्ड गर्नमिल्ने आइफोनको चर्चा पहिलोपटक भने भएको होइन । एप्पल र एलजि मिलेर फोल्डेबल डिस्प्लेसहितको आइफोन बनाउने तयारी गरेको भन्ने हल्ला चलेको थियो । एप्पलले एलजि डिस्प्लेसहितको फोन प्रडक्सन यूनिटमा लगानी गरेको छ, जुन सन् २०२० सम्ममा तयार हुनेछ । एप्पल फोल्डेबल ओएलइडी डिस्प्ले स्मार्टफोनलाई बाजारमा सन् २०२१को आसपासमा सार्वजनिक गर्ने सम्भावना रहेको छ ।

मिडिया रिपोर्टका अनुसार एप्पलले सामसङ डिस्प्लेलाई प्रयोग गरेर फोल्डेबल डिस्प्ले बनाउदैन । किनभने कम्पनीलाई टेक्निक लिक हुने आशंका छ ।

ठुला मोबाइल कम्पनीको होडबाजी
सामसङले पनि फोक्सिबल फोनमा काम गरिरहेको छ र यसको नाम ‘ग्यालेक्सी एक्स’ दिइएको छ । सामसङले यो उपकरणलाई आगामी वर्षको एउटन इलेक्ट्रोनिक प्रदर्शनीका बखत सार्वजनक गर्ने जमर्को गरेको छ ।

एप्पल र सामसङबाहेक एलजिले पनि फ्लेक्सिबल डिस्प्लेका काम गरिरहेको छ । दक्षिण कोरियाली कम्पनीले सन् २०१५ मा डिस्प्लेको प्याटेन्टका लागि आवेदन दिइसकेको छ । माइक्रोसफ्टले पनि गोप्य ढंगबाट ‘टु इन वन’ उपकरणको तयारी गरिरहेको छ। यसले डिभाइस फोन तथा ट्याबलेट दुवैको काम गर्नेछ । यसबाहेक चिनियाँ कम्पनी ओप्पो पनि फोल्डेबल फोन लन्च गर्ने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.