सिप्रदी ट्रेडिङ प्रालिलाई नेपाल विजनेस एक्सिलेन्स अवार्ड

  २०७४ कार्तिक २८ गते २१:३४     विकासन्युज

काठमाडौं । नेपालमा टाटा गाडीको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले “नेपाल विजनेस एक्सिलेन्स अवार्ड” प्राप्त गरेको छ । नेपाल उद्योग परिसंघ र फ्रस्ट सुभिलियनको आयोजनामा पहिलो पटक अवार्ड वितरण गरिएको हो । सिप्रदीले सुपर प्लाटिनम अवार्ड प्राप्त गरेको हो ।

परिसंघ र सुभिलियनले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषदका पुर्वअध्यक्ष खिलराज रेग्मीले सिप्रदीलाई सो अवार्ड प्रदान गरेका हुन् ।

यस्तै नेपाल एसबीआई बैंकले पनि सुपर प्लाटिनियम अवार्ड पाएको छ । गोल्ड अवार्ड श्रेणीअन्र्तगत बिजय डिस्टिलरी र मेगा बैंकले पाएका छन् । सिल्भर अवार्डबाट सीजी ब्रअरी र घोराही सिमेन्ट सम्मानित भएका छन् ।

यस्तै अल्फाविटा इन्टिच्युट प्रालि, चन्द्रागिरी हिल्स लिमिटेड, एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड, एनएमबी बैंक र टेलिटक प्रालिले प्रसंशापत्र पाएका छन् ।

परिसंघले पहिलो पटक आयोजना गरेको अवार्डलाई आगामी वर्ष पनि निरन्तरता दिने अध्यक्ष हरिभक्त शर्माले बताए । नेपाली व्यवसायीले न्युन लागतमा गुणस्तरिय वस्तु उत्पादन, उपभोत्ताको सन्तुष्ठि, प्रतिस्पर्धात्मक क्षमतामा विस्तार र कारोबारका आधारमा उत्कृष्ठ ठहरिएका उद्योग प्रतिष्ठानलाई विजनेस एक्सिलेन्स अवार्डमा छनौट गरेको उनले जानकारी दिए ।

सो अवसरमा अर्थ मन्त्रालयका राजश्व सचिव शिशीरकुमार ढुङानाले नेपालमा व्यवसायीक वातावरण बन्दै गएको बताए । नेपालमा लगानी बढेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.